News Griha :: न्यूजगृह
‘फर्की फर्की’लाई कस्तो छ दर्शकको साथ? 

काठमाडौं— बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको निर्माण पक्षको दाबी छ। 

उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङको अभियन रहेको ‘फर्की फर्की’ हेर्न दर्शकको संख्या अधिक छ।

काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन्। निर्माता रोहित अधिकारीका अनुसार उपत्यका बाहिरका प्रमुख शहरहरुमा पनि फिल्मप्रति दर्शकको उल्लेख्य उपस्थिति छ।

दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन्।

निर्देशक गुरुङले दर्शकले फिल्मको कथालाई अधिक मन पराएको बताए। ‘अनमोलको कामबाट दर्शकहरु झन बढी खुसि हुनुहुन्छ। फिल्मको मेकिङसँग क्यानभासलाई पनि उत्तिकै मन पराउनुभएको छ,’ उनले भने।

निर्माता रोहित अधिकारीले पछिल्लो समयमा कथात्मक फिल्मको लहर चलिरहेको बेला त्यसलाई चिर्दै प्रेमकथाको ‘फर्की फर्की’ हेर्न दर्शकको भीड बढेको बताए। ‘बिहीबारदेखि नै हामीलाई दर्शकले राम्रो साथ दिनुभएको छ, आज शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा दर्शक संख्या उच्च छ। हामीलाई दर्शकको उपस्थितिले नयाँ हौसला दिएको छ’, उनले भने। 

निर्माता गोविन्द शाहीले फिल्मको बक्सअफिस रिपोर्ट चाँडै सार्वजनिक गरिने बताए।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:५३
Weather Update