‘रामायण’मा यशको पारिश्रमिक २ सय करोडबिहीबार, जेठ २४, २०८१
‘बिग बोस ओटीटी ३’ चलाउँदै अनिल कपूर शनिबार, जेठ १९, २०८१ लोकप्रिय रियालिटी शो ‘बिग बोस ओटीटी ३’ लामो समयदेखि प्रतीक्षाको विषय बनिरहेको छ। ‘बिग बोस ओटीटी’को पहिलो सिजन करण जोहर र दोस्रो सिजन सलमान खानले होस्ट गरे। अब तेस्रो सिजन भने अभिनेता अनिल कपूरले होस्ट गर्ने भएका छन्।
अर्जुन कपूर र मलाइकाबीच ‘ब्रेकअप’ शुक्रबार, जेठ १८, २०८१ बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षयता प्रेम सम्बन्धमा थिए। सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमा आफूलाई चिनाएका उनीहरु अब भने अलग्गिएका छन्।
सन्नी देओलमाथि धोकाधडी र पैसा असुलेको आरोप बिहीबार, जेठ १७, २०८१ फिल्म ‘गदर-२’बाट कमब्याक गरेपछि अभिनेता सन्नी देओलको हातमा फिल्मको लाइन नै छ। उनी एक–एक गर्दै फिल्मको सुटिङ पूरा गरिरहेका छन्। यही बीचमा निर्माता सौरभ गुप्ताले सन्नीविरुद्ध धोकाधडी, झुठो बोलेको र जबरजस्ती पैसा असुलेको आरोप लगाएका छन्।
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन बुधबार, जेठ १६, २०८१ सलमान खानको नयाँ फिल्म सिकन्दरमा बाहुबली फेम अभिनेता कटप्पा अर्थात सत्यराज भिलेन बन्ने भएका छन्।साउथका चर्चित अभिनेता सत्यराजको सलमानको फिल्म ‘सिकंदर’ मा इन्ट्री भएको हो। यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने छन्। सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए।
‘पुजार सार्की’ ले जापानमा पायो दर्शकको राम्रो साथ सोमबार, जेठ १४, २०८१ गत बिहीबारबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ। जापानको शोमा एकसाथ १ हजार ५ सय दर्शकले चलचित्र हेरेको आयोजकले दाबी गरेको छ। उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए।
‘लण्डन टु पेरिस’ ट्रेलर : त्रिकोणात्मक प्रेमको द्वन्द्व आइतबार, जेठ १३, २०८१ निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर सार्वजनिक भएको छ।आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा फिल्मका ‘डेब्यू’ नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र ‘डेब्यू’ नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेमको द्वन्द्व देखाइएको छ।
भजन शिरोमणि स्वर्गीय भक्तराजको जीवनीमा आधारित चलचित्र पुनः प्रदर्शन हुने आइतबार, जेठ १३, २०८१ भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ।विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले जानकारी दिए।
‘फर्की फर्की’लाई कस्तो छ दर्शकको साथ? शनिबार, जेठ १२, २०८१ बुद्ध जयन्तीको अवसर पारेर गत जेठ १० गतेबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौं उपत्यकासहित देशभरका हलमा राम्रो व्यापार गरेको निर्माण पक्षको दाबी छ।
२७ वर्षपछि काजोल र प्रभुदेवाको सहकार्य शनिबार, जेठ १२, २०८१ तेलुगु फिल्म निर्माता चरण तेज उप्पलति उनको असाधारण सिनेमा भिजनका लागि चिनिन्छन्।
१६ वर्षपछि पुनः ‘सानो संसार’ शुक्रबार, जेठ ११, २०८१ १६ वर्षअघि निर्माण भएको फिल्म ‘सानो संसार’ नयाँ कथामा दर्शकमाझ आउने भएको छ।अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ।
शाहरुख खान अस्पताल भर्ना बिहीबार, जेठ १०, २०८१ बलिउडका अभिनेता शाहरुख खान अस्पताल भर्ना भएका छन्। खानलाई हिटस्ट्रोक र डिहाइड्रेशनका कारण अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।
निर्देशक बन्ने सपना बुन्दै दयाहाङ राई बुधबार, जेठ ९, २०८१ अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड स्वायत्त नभएसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन्। बोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागबण्डा हुँदा समस्या आउने गरेको उनले बताए।