News Griha :: न्यूजगृह
सन्नी देओलमाथि धोकाधडी र पैसा असुलेको आरोप

काठमाडौं— फिल्म ‘गदर-२’बाट कमब्याक गरेपछि अभिनेता सन्नी देओलको हातमा फिल्मको लाइन नै छ। 

उनी एक–एक गर्दै फिल्मको सुटिङ पूरा गरिरहेका छन्। यही बीचमा निर्माता सौरभ गुप्ताले सन्नीविरुद्ध धोकाधडी, झुठो बोलेको र जबरजस्ती पैसा असुलेको आरोप लगाएका छन्।

उनले हालै एक पत्रकार सम्मेलन गर्दै सन्नीमाथि यस्तो आरोप लगाएका हुन्। सौरभका अनुसार सन्नीले सन् २०१६ मा एडभान्स पैसा लिएका थिए र उनको फिल्म फिल्ममा काम गर्ने भन्दै थप पैसा पनि लिएका थिए। तर ‘गदर–२’ हिट भएपछि उनले सौरभको फिल्म नगर्ने निर्णय लिए।

सौरभले सन्नीले सन् २०१६ मा फिल्म साइन गरेको बताउँदै त्यो समयमा उनको पारिश्रमिक ४ करोड रुपैयाँ रहेको जनाए। ‘मैले उनलाई १ करोड एडभान्स दिएँ। तर फिल्म सुरु गर्नुको सट्टा उनले ‘पोस्टर ब्वाइज’को सुटिङ सुरु गरे। सन्नीले मलाई लगातार पैसा मागिरहेको थियो। अहिले मेरो २ दशमलब ५५ करोड रुपैयाँ सन्नीको खातामा छ। उनले मलाई अर्को निर्देशकलाई पैसा दिनु पनि भनेका थिए। उनले फिल्मीस्तानको स्टुडियो बुक गर्न र कार्यकारी निर्माता राख्न पनि भने’, सौरभले भनेका छन्।

सौरभले सन्नीमाथि फर्जी सम्झौताको पनि आरोप लगाएका छन्। ‘सन्नीले मेरो कम्पनीसँग सन् २०२३ मा फर्जी सम्झौता गरेका गरेका रहेछन्। जब मैले सम्झौता पत्र पल्टाएँ, त्यो पृष्ठको बीच भाग परिवर्तन गरिएको रहेछ। जहाँ पारिश्रमिक रुपैयाँ ४ करोडलाई ८ करोड बनाइएको थियो। त्यसको नाफा २ करोड गरिएको थियो,’ सौरभले भनेका छन्।

त्यस्तै सौरभको समर्थनमा फिल्म निर्माता सुनिल दर्शन पनि देखिएका छन्। ‘सन्नीले मेरो फिल्म ‘अजय’को ओभरसिज अधिकार वितरणका लागि लिएका थिए। जसको आधा रुपैयाँमात्र भुक्तान गरेका छन्,’ सुनिलले भनेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १५:१६
Weather Update