News Griha :: न्यूजगृह
छोरी बिहे गर्दै तर बाबुलाई थाहा छैन !

काठमाडौं— बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो विवाहको खबरलाई लिएर चर्चामा छिन्। 

मिडिया रिपोर्टका अनुसार अभिनेत्री चाँडै नै आफ्नो लामो समयका प्रेमी जहीर इकबालको दुलही बन्न लागेकी छिन्। उनी २३ जुनमा जहीरसँग मुम्बईमा विवाह बन्धनमा बाँधिने खबर आइरहेको छ। यद्यपि यी खबरहरू नायिकाले पुष्टि गरेकी छैनन्।

यसैबीच उनका पिता, अभिनेता तथा नेता शत्रुघ्न सिन्हाको बयान बाहिर आएको छ। छोरीको बिहेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए। शत्रुघ्न सिन्हाले हालै एक कुराकानीमा आफ्नी छोरी सोनाक्षीको विवाहको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनलाई पनि मिडियाबाट सुनेको जति थाहा छ। शत्रुघ्नले भने, ‘मैले मिडियामा जति पढेको छु। हामी सधैँ उनीहरूको खुशीको कामना गर्दछौँ।'

योसँगै उनले भावुक भएर छोरीको निर्णयमा आफूलाई पूर्ण विश्वास रहेको बताए। शत्रुघ्नले भने, ‘हामीलाई सोनाक्षीमा पूर्णविश्वास छ। उसले कहिल्यै कुनै अवैध वा गलत निर्णय लिने छैनिन्। उनी वयस्क छिन्, उनीसँग आफ्नै निर्णयहरू लिने अधिकार छ।'  

सोनाक्षी सिन्हा र जहीर इकबाल लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। मिडिया रिपोर्टका अनुसार दुबै अब आफ्नो सम्बन्धलाई अर्को तहमा लैजान तयार छन्। यस्तो अवस्थामा दुवैले २३ जुनमा मुम्बईमा विवाह गर्ने विषय मिडियामा आएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २०:४०
Weather Update