News Griha :: न्यूजगृह
फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को छायांकन सुरु, तिहारमा रिलिज गर्ने तयारी

काठमाडौं— फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभमुहूर्त गरिएको छ।

आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो। फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ। करिब २५ दिन छायांकन सेड्युल रहेको यस फिल्मको छायांकन चितवनका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ।

नेपालीहरू अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्नेछ। रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविण आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेशमा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अञ्जन शर्मा, केदार दवाडी श्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ।

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजरको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवि कोइरालाको छायांकन छ।

कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सहनिर्माता छन्। फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । मुहूर्तमा राम रिमाल, मिलन लामाले फिल्मको सफलताको कामना व्यक्त गरेका थिए।

फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:२०
Weather Update