टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्तीबुधबार, असोज २४, २०८०

बझाङमा भूकम्प मापकयन्त्र जडान मंगलबार, असोज २३, २०८० बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा.शिव सुवेदीले जानकारी दिए ।

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै मंगलबार, असोज १६, २०८० केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।मानव बेचबिखनविरुद्ध नेपालगञ्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, ‘कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो...
भ्रमपूर्ण सूचना आतंक बढेको छ : सञ्चारमन्त्री शर्मा बिहीबार, असोज ११, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक वृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन् ।

आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै बिहीबार, असोज ११, २०८० सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने यो दिवस सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो ।

प्रधानमन्त्री दाहाल भन्छन्— डिजिटल नेपाल बनाउने सपना छ सोमबार, असोज ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन् ।

एमालेले पार्टीका नाममा खोलिएका नक्कली सामाजिक सञ्जाललाई बन्द गराउने बिहीबार, असोज ४, २०८० नेकपा एमालेले पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज राष्ट्रिय विज्ञान दिवस सोमबार, असोज १, २०८० आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ ।

बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक, के-के छन् विशेषता? बुधबार, भदौ २७, २०८० एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एप्पल इभेन्टमार्फत आईफोन १५ सिरिज सार्वजनिक गरेको हो। आईफोन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स छन् । आईफोन प्रो र प्रो म्याक्स अहिलेसम्मकै सबैभन्दा हलुका प्रो मोडेल हुन्...

टेलिकमको नेटवर्कमा समस्या बुधबार, भदौ २७, २०८० नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका विभिन्न क्षेत्रमा समस्या आएको हो ।

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध बिहीबार, भदौ २१, २०८० चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै गर्दा यो कदम चालेको हो । चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन । उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ ।
![भारतद्वारा सौर्य मिसन प्रक्षेपण, आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो [भिडिओसहित]](https://ichef.bbci.co.uk/news/800/cpsprodpb/faca/live/5c911a90-48e8-11ee-9b58-cb80889117a8.jpg)
भारतद्वारा सौर्य मिसन प्रक्षेपण, आदित्य एल–१ सूर्यतर्फ अघि बढ्यो [भिडिओसहित] शनिबार, भदौ १६, २०८० भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ ।आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो । यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ ।आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै...

सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दै भारत शनिबार, भदौ १६, २०८० भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले भोलि शनिबार आदित्य एल वन (Aditya L1 Mission) प्रक्षेपण गर्ने भएको छ ।चन्द्रयान सफलतापूर्वक अवतरण गरेको १० दिन नपुग्दै भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गर्न लागेको हो । सामाजिक सञ्जाल एक्समार्फत इसरोले आदित्य एल वन प्रक्षेपण गर्ने घोषणा गरेको हो ।...