News Griha :: न्यूजगृह
सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दै भारत

काठमाडौं— भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले भोलि शनिबार आदित्य एल वन (Aditya L1 Mission) प्रक्षेपण गर्ने भएको छ ।

चन्द्रयान सफलतापूर्वक अवतरण गरेको १० दिन नपुग्दै भारतले सूर्यको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गर्न लागेको हो । सामाजिक सञ्जाल एक्समार्फतइसरोले आदित्य एल वन प्रक्षेपण गर्ने घोषणा गरेको हो । इसरोका अनुसार सो यान शनिबार बिहान ११ः५० बजे (नेपाली समयानुसार मध्यान्ह १२ः०५बजे) प्रक्षेपण हुनेछ ।  

भारतको श्रिहरिकोटस्थितसतिश धवन स्पेस सेन्टरबाट सो यान प्रक्षेपण हुनेछ । आदित्य एल वन प्रक्षेपण भएको दृश्य सामाजिक सञ्जालका विभिन्न माध्यमबाट प्रत्यक्ष प्रक्षपण हुने इसरोले जनाएको छ ।

विशेषगरी फेसबुक, युट्युब, इसरोको वेबसाइट र डूडूनेशनल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । इसरोका अनुसार सो आदित्य एल वन यानबाट प्रक्षेपण हुने स्याटलाइट लाई सूर्य (पृथ्वी प्रणाली ल्यागरेन्ज प्वाइन्ट (LagrangePoint) मा रहेको हलो कक्ष (Haloorbit) मा राखिनेछ । यो विन्दु पृथ्वीभन्दा १५ लाख किलोमिटर माथि छ ।  

एल वन विन्दुमा रहेको हलो अर्बिटमा राखिने स्याटलाइटले सूर्यलाई प्रत्यक्ष रूपमा देख्न सक्नेछ । र, त्यसबाट सूर्यको अध्ययन गर्न सकिने इसरोले जनाएको छ । विशेषगरी सौर्य गतिविधि र वास्तविक समयमा त्यसले अन्तरिक्ष मौसममा पार्ने प्रभावबारे अध्ययन हुने बताइएको छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:४६
Weather Update