टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन, वर्ल्डलिङ्कले गर्यो बन्दसोमबार, कात्तिक २७, २०८०
टिकटक आजैदेखि बन्द हुन्छ : गृहमन्त्री श्रेष्ठ सोमबार, कात्तिक २७, २०८० टिकटक आजैदेखि बन्द हुने भएको छ । प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय सोमबार, कात्तिक २७, २०८० सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सामाजिक सञ्जाल सञ्चालकले नेपालमा कार्यालय राख्नुपर्ने बिहीबार, कात्तिक २३, २०८० सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई नेपालमा कार्यालय राख्न बाध्य पार्ने निर्देशिका ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० लाई स्वीकृति दिएको हो । जसमा सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, युट्युबलगायतले नेपालमा सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप बिहीबार, कात्तिक २३, २०८० मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्वीटर), टिकटक, युट्युब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।
दर्ता नभएका फोन आजदेखि नचल्ने सोमबार, कात्तिक २०, २०८० यो प्रणाली लागू भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन् । उनका अनुसार एमडीएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन । ती फोनहरू ब्लक हुनेछन् ।
भोलिदेखि एमडीएमएस लागू हुने आइतबार, कात्तिक १९, २०८० लामो समयको प्रतीक्षापछि भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो ।
विश्वकै उच्च स्थानको तिलिचो ताल क्षेत्रमा इन्टरनेट पुग्यो आइतबार, असोज २८, २०८० विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै क्षेत्रमा इन्टरनेट जडान गरिएको हो ।
एक्सले हमाससँग सम्बन्धित खाता हटायो शनिबार, असोज २७, २०८० युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयु अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए ।
टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती बुधबार, असोज २४, २०८० टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्पर्कविच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको छ ।
बझाङमा भूकम्प मापकयन्त्र जडान मंगलबार, असोज २३, २०८० बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा.शिव सुवेदीले जानकारी दिए ।
मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै मंगलबार, असोज १६, २०८० केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् ।मानव बेचबिखनविरुद्ध नेपालगञ्जमा क्रियाशील माइती नेपालका संयोजक केशव कोइरालाले भने, ‘कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीलाई फकाएर बेचबिखनका लागि भारत तथा तेस्रो...
भ्रमपूर्ण सूचना आतंक बढेको छ : सञ्चारमन्त्री शर्मा बिहीबार, असोज ११, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक वृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन् ।