News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाललाई टिकटक मुख्यालयको पत्र : प्रतिबन्धको कारण खुलाऊ, माग सम्बोधन गर्छौँ

काठमाडौं— प्रतिबन्धमा परेपछि टिकटक मुख्यालयले नेपाललाई पत्र पठाएको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नेपाल सरकारसँगको सहकार्य विपरीत रहेको पत्रमा उल्लेख छ । 

नेपाल दूरसञ्चार प्राधिकरणलाई सम्बोधन गरेर लेखिएको पत्रका भनिएको छ, 'टिकटक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न संवादका लागि सहकार्य गर्न प्रतिबद्ध छौँ । साथै हामी टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय लिनुको स्पष्ट कारणसमेत खुलाइदिन अनुरोध गर्दछौँ ।'

Prabhu Bank

टिकटकले आफूहरूले नियमितरूपमा सहकार्यको प्रयास गरेकोसमेत दाबी गरेको छ । विभिन्न मिति नै उल्लेख गरेर टिकटकले सुरक्षा चुनौतीलाई सम्बोधन गर्न प्रयास भएको तर्क गरेको छ ।

उसले अक्टोबर २०२२ देखि जुन २०२३ सम्मको अवधिमा कम्युनिटी गाइडलाइन उलङ्घन गर्ने नेपाली प्रयोगकर्ताका २९ लाख ८० हजार भिडिओ हटाएको पनि बताएको छ ।

टिकटकले वाक स्वतन्त्रताको विषय पनि उठाएको छ । रचनात्मक अभिव्यक्तिका लागि धेरैले प्रयोग गर्ने प्लेटफर्ममाथि प्रतिबन्ध लगाउनु वाक तथा अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तविपरीत हुने टिकटकको तर्क छ । 

'नेपाल सरकारबाट उठाइएका कुनै पनि सरोकारका विषयलाई सम्बोधन गर्न र दुवै पक्षको चासोलाई समेट्ने तर्फ काम गर्नेछौँ,' टिकटकले भनेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०६:५९
Weather Update