एआई सम्मिलित ग्यालेक्सी एस२४ सार्वजनिक, यी हुन् विशेषता [भिडिओसहित]बिहीबार, माघ ४, २०८०

सूर्यको अध्ययन गर्न भारतले पठाएको आदित्य–एल १ गन्तव्यमा पुग्यो शनिबार, पुस २१, २०८० भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगस्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो ।

कम चलाउँदा पनि बिग्रिन्छ कार शुक्रबार, पुस २०, २०८० लामो समयसम्म कार नचलाउँदा गाडीको टायरमा पनि प्रतिकूल असर पर्छ । लामो समयसम्म कारलाई एकै ठाउँमा पार्किङ गर्दा कारको टायरका केही भागहरूमा बढी दबाब पर्छ । यसका साथै कारको टायरमा रहेको हावा पनि बिस्तारै कम हुन थाल्छ । एकै ठाउँमा कम हावा र दबाबका कारण टायर सुक्न थाल्छ । जब...

सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन बिहीबार, पुस ५, २०८० विश्वभर सामाजिक सञ्जाल एक्स ट्वीटर डाउन भएको छ ।सोसल मिडिया प्लाटफर्म एक्स र एक्स प्रो बिहीबार बिहानैदेखि डाउन भएको डाउनडिटेक्टर डटकमले जनाएको छ ।

कर तिर्नुको साटो वर्ल्डलिंकले प्रधानमन्त्रीलाई पठायो धम्कीपूर्ण पत्र, इन्टरनेट सेवा ठप्प पार्ने चेतावनी बुधबार, पुस ४, २०८० वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले गत मंसिर १८ गते प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै विदेशबाट ब्याण्डविथ ल्याएबापतको रकम भुक्तानी गर्न विदेशी मुद्रा सटही अनुमति नपाए सेना प्रहरीलगायत सबै सरकारी निकाय र ८ लाखभन्दा बढी ग्राहकको इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको रहस्य खुलेको हो ।

चौधरी ग्रुप स्वामित्वको दूरसञ्चार कम्पनी सीजी टेलिकमको लाइसेन्स खारेज शुक्रबार, मंसिर २९, २०८० चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्स खोजिरहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिँदा लाइसेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले जनाएको छ ।

ह्वाट्सएपमा आयो भ्वाइस म्यासेज सुन्ने बित्तिकै डिलिट हुने फिचर आइतबार, मंसिर २४, २०८० एपले हालै मात्र आफ्नो प्लेटफर्ममा अर्को विशेष फिचर ल्याएको छः भ्वाइस म्यासेज भ्यु वन्स । भ्यु वन्स फिचर एपमा पहिला पनि थियो । सन् २०२१ मा फोटो र भिडिओको लागि यो फिचर ल्याइएको थियो ।

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु शनिबार, मंसिर २३, २०८० कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङ्लिस विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षकद्वारा शुक्रबारदेखि तालिम सुरु गरेको हो ।

बेलायतमा पोर्न वेबसाइट हेर्न अनुहार स्क्यानिङ अनिवार्य बिहीबार, मंसिर २१, २०८० बेलायतको मिडिया एण्ड कम्युनिकेसन रेगुलेटरी अथोरिटी अफकमले पोर्न वेबसाइट हेर्नेका लागि ६ नयाँ र कडा नियम बनाएको छ । १८ वर्ष मुनिका व्यक्तिले त्यस्ता वेबसाइट ‘लगअन’ नगरून् भनेर यस्तो नयाँ नियम ल्याइएको बेलायतका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

कोकाकोला नेपालले ल्यायो ‘कोक बडी’ एप बुधबार, मंसिर २०, २०८० कोकाकोला नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमकाबीच कम्पनीले मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप ल्याइएको कम्पनीले जनाएको छ ।

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा आइतबार, मंसिर १७, २०८० निराधार, अफवाहपूर्ण, अतिरञ्जित सहितको शीर्षक दिई जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

५५ इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द गरेनन्, कम्पनीलाई कारबाहीको चेतावनी मंगलबार, मंसिर १२, २०८० सरकारको निर्णय अनुसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लेख गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ । साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

भूकम्प प्रभावित जाजरकोट–रुकुमसहित १९ जिल्लामा टेलिकमको नमुना सेवा आइतबार, मंसिर ३, २०८०