आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमाआइतबार, फागुन २७, २०८०

भारतले जित्यो इङ्ल्याण्डविरुद्धको टेस्ट शृंखला शनिबार, फागुन २६, २०८० भारतका गीलले ११०, शर्माले १०३ रनको शतकीय पारि खेले। यसैगरी जैसवालले ५७ रन बनाउँदा पडिकलले ६५ तथा खानले ५६ रन बनाए। इङ्ग्ल्याण्डका सोएब बसिरले सर्वाधिक पाँच विकेट लिए। जितसँगै भारत आईसीसी टेस्ट च्याम्पियनसिपको तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। भारतले ३ सिरिजका ९ म्याच खेल्दा ६ मा जित र २ मा...

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित शनिबार, फागुन २६, २०८० हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ।घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो। नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालले आज हङकङसँग क्रिकेट खेल्दै शनिबार, फागुन २६, २०८० नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ। नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो।
चार पटकको उपाधि विजेता आर्मीलाई हराउँदै एपीएफ झापा गोल्डकपको फाइनलमा शुक्रबार, फागुन २५, २०८० पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए। खेलको ४२औं मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपीएफका अनिश महर्जनले गोल गर्न सकेनन्। खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो। खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो।

परिचय गर्ने बहानामा विश्वकप खेलाडीमाथि आक्रमण शुक्रबार, फागुन २५, २०८० फिफा विश्व कप खेलिसकेका दक्षिण कोरियाका एकजना फुटबल स्टार अज्ञात व्यक्तिको आक्रमणबाट सख्त घाईते भएका छन्। अवकासप्राप्त फुटबल स्टार ली चुन सू निर्वाचन प्रचारको क्रममा रहेका बेला परिचय गर्दै आएका अपरिचित व्यक्तिको आक्रमणमा परेका थिए।

अनिता केसीले प्रीतिको स्थानमा आईलिग खेल्ने शुक्रबार, फागुन २५, २०८० मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छन्। नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति घाइते भएसँगै तीन महिना मैदान बाहिर हुने छन्। प्रीति भारतीय आईलिगमा किक स्टार्सबाट खेल्ने गरेकी छन्। तर, घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो।

त्रिकोणात्मक सिरिज खेल्न बिहीबार हङकङ जाँदै नेपाली क्रिकेट टोली बिहीबार, फागुन २४, २०८० नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ। बिदाइका क्रममा बिहीबार नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले खेलको लागि तयारी एकदमै राम्रो भएको भन्दै विश्वकपका लागि यो प्रतियोगिता धेरै महत्त्वपूर्ण भएको बताए।

साफ यू-१६ महिला च्याम्पियनसिप: भारतसँगको फराकिलो हारपछि फाइनल पुग्न असफल भयो नेपाल बिहीबार, फागुन २४, २०८० घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग १०–० अन्तरको फराकिलो हार बेहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ। बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा भएको खेलको पहिलो हाफमै नेपालले ६ गोल खाइसकेको थियो। दोस्रो हाफमा भारतले ४ गोल थपेपछि समग्रमा नेपाल १०-०...

१६ वर्ष मुनिको महिला फुटबलमा नेपाल र भारत भिड्दै बिहीबार, फागुन २४, २०८० राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ।चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।
-1709777948.jpg)
सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बिहीबार, फागुन २४, २०८० इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को जित निकाल्न सफल भयो।मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो। म्यानुएल अकांजीले...

टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड रुपैयाँ बुधबार, फागुन २३, २०८० आईसीसी पुरुष टी– २० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन्।

दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा बुधबार, फागुन २३, २०८० वुमन्स प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले पराजित गरेको छ। दिल्लीमा भएको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पारेको थियो।