एनपीएल: पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम प्लेअफमाआइतबार, मंसिर ३०, २०८१
-1734225927.jpg)
एनपीएल: प्लेअफका तीन स्थानमा चार प्रतिस्पर्धी आइतबार, मंसिर ३०, २०८१ सशक्त ब्याटिङ प्रदर्शन गरेको चितवनले शीर्षस्थानको जनकपुर बोल्ट्सलाई ३२ रन र गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो । राउन्ड रोबिन लिगको ३ खेल खेल्न बाँकी रहेको अवस्थामा जनकपुर १० अंकसहित शीर्षस्थानमा यथावत् छ ।

नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै आइतबार, मंसिर ३०, २०८१ काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।

एनपीएल: जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो शनिबार, मंसिर २९, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

जनकपुरविरुद्ध चितवन ब्याटिङ गर्दै शनिबार, मंसिर २९, २०८१ चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
-1734146644.jpg)
एनपीएल: पोखरालाई हराएसँगै काठमाडौंलाई राहत शनिबार, मंसिर २९, २०८१ काठमाडौंले अन्तिम खेलअघि ६ अंक जोडेको छ भने पाँचौ स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा विराटनगर किंग्सलाई पराजति गरे प्लेअफमा पुग्ने सम्भावना हुनेछ। यता अन्तिम खेलअघि चार अंक मात्र जोडेको पोखरा भने बाहिरिने संघारमा पुगेको छ।
-1734146644.jpg)
काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा पोखरा शनिबार, मंसिर २९, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।

एनपीएलमा आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा तीन टिम शनिबार, मंसिर २९, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुँदै छन्। त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजले प्रतिस्पर्धा गर्दै छन्। प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।

एनपीएलमा लुम्बिनी लायन्सः रोहितको एक्लो प्रयास, पाएनन् विदेशी खेलाडीको साथ शुक्रबार, मंसिर २८, २०८१ पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सको यात्रा सकिएको छ। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वको टोलीले राम्रो प्रदर्शन गरे पनि सकारात्मक नतिजा निकाल्नबाट चुक्यो। कप्तान रोहितकुमार पौडेलले आफूले सक्दो प्रयास गरे।
-1734082272.jpg)
विराटनगरले चितवनलाई हरायो, प्लेअफको झिनो सम्भावना कायमै शुक्रबार, मंसिर २८, २०८१ यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ। चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ। ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ। चितवनले अब लिगको अन्तिम खेलमा शनिबार प्लेअफमा छनोट भइसकेको जनकपुर...
-1734082272.jpg)
एनपीएल: विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य शुक्रबार, मंसिर २८, २०८१ विराटनगरका लागि बसिर अहमदले अविजित रहँदै अर्धशतकीय पारी खेरे। उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए। यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन आठ र दिपक बोहराले चार रन जोडे। यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको छ।

एनपीएल क्रिकेटः कर्णाली याक्सद्वारा लुम्बिनी लायन्स पराजित शुक्रबार, मंसिर २८, २०८१ जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनमा समेटियो। लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रनको योगदान दिए। ३५ बल खेलेका उनले चार चौका र एक छक्काको सहयोगमा ३६ रन जोडेका हुन्।

एनपीएलमा आज दुई खेल हुँदै शुक्रबार, मंसिर २८, २०८१ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ। पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ।