News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सिटीलाई स्तब्ध पार्दै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
सिटीलाई स्तब्ध पार्दै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ।सिटीलाई गएराति पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो।
दिल्लीसँग गुजरातको लज्जास्पद हार
दिल्लीसँग गुजरातको लज्जास्पद हार दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए। कप्तान रिऋभ पन्त १६ रन बनाए। गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए।  
साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा 
साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो। पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले...
साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य
साउदीले नेपाललाई दियो ७४ रनको लक्ष्य एसीसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई रनको ७४ लक्ष्य दिएको छ। वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो।
दोस्रो बलमै करणले लिए साउदीको विकेट
दोस्रो बलमै करणले लिए साउदीको विकेट नेपालले साउदी अरेबियाविरुद्ध समूह चरणको अन्तिम खेल खेलिरहेको छ। चिसो मैदानका कारण ८ ओभरमा छोट्याइएको खेलमा करण केसीले पहिलो ओभर बलिङ गरेका छन्। उनले दोस्रो बलमै विकेट लिएका हुन्। करणको बलमा साउदीका फैजल खान कुशल मल्लको हातबाट क्याचआउट भएका हुन्।  करणले पहिलो ओभरमा १ विकेट लिँदै ७ रनमात्र दिए। 
साउदी अरेबियाविरुद्ध पहिला बलिङ गर्दै नेपाल
साउदी अरेबियाविरुद्ध पहिला बलिङ गर्दै नेपाल एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८–८ ओभरको हुने भएको छ ।यस खेलमा नेपालले टस जितेको छ। नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै साउदी अरेबियाले...
नेपाल र साउदी अरेबियाबीचको खेल सुरु हुन ढिलाई
नेपाल र साउदी अरेबियाबीचको खेल सुरु हुन ढिलाई गएराति ठुलो वर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल नहुने भएको हो। अहिले पिच तयार गर्ने काम भइरहेकोले यो खेलको ओभर घटाएर खेलाइने सम्भावना रहेको छ। नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ए मा ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान...
आईपीएलमा आज गुजरात र दिल्ली भिड्दै
आईपीएलमा आज गुजरात र दिल्ली भिड्दै न्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज गुजरात टाइटन्स् र दिल्ली क्यापिटल्सबीच खेल हुदै छ। अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ।
आईपीएल: जस बटलरको शतकमा राजस्थानको रोमान्चक जित
आईपीएल: जस बटलरको शतकमा राजस्थानको रोमान्चक जित इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ।२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले। 
एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै
एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया खेल्दै एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित...
कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो
कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ। मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो।कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो।
पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि पुलिसलाई
पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि पुलिसलाई नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ। सोमबार राति सिमरा रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि भएको टाइब्रेकरमा पुलिसले जित निकालेको...
Weather Update