News Griha :: न्यूजगृह
नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य, तीन ब्याटरको अर्धशतक

काठमाडौं— यू–१९ एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा घरेलु टिम नेपालले हङकङलाई २ सय ६६ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको नेपाल यू–१९ टिम ४९.१ ओभरमा २ सय ६५ रनमा अलआउट भयो ।   

नेपालका लागि सुर्यांशु कोइराला, कप्तान अभिषेक तिवारी र सन्तोष यादवले अर्धशतकीय पारी खेले । सुर्यांशुले ९६ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ६० रन बनाए । 

यस्तै, अभिषेकले ४१ बलमा चार चौका र दुई छक्कासहित ५६ रनको इनिङ खेले । त्यस्तै, सन्तोषले ४५ बलमा ६ चौका र एक छक्काको सहयोगमा ५३ रन जोडे । उनी रनआउट भए ।

यस्तै, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए । हङकङ यू–१९ पार्थ श्रीवास्तव, शायन पुरी, डेनियल म्याप्पा र प्रित मांगुकियाले सर्वाधिक दुई/दुई विकेट लिए ।  

तीन खेलको सिरिज नेपालले २–० ले जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः तीन विकेट र २२६ रन बनाए । 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १३:१६
Weather Update