News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा लुटन टाउनमाथि ५-१ गोलको जित निकाल्दै सिटी शीर्ष स्थानमा पुगेको हो।
आईपीएलमा आज दुई खेल हुँदै
आईपीएलमा आज दुई खेल हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ। कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि हुँदै छ। अहिलेसम्म कोलकाताले ४ खेलमा जित हासिल गरेको छ भने एक...
राजस्थानले पञ्जाबलाई ३ विकेटले हरायो
राजस्थानले पञ्जाबलाई ३ विकेटले हरायो त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। टोलीका लागि आशुतोष शर्माले सर्वाधिक ३१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन राम्रो रहेन। राजस्थानका लागि अभेश खान, केशव महाराजले समान २ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजवेन्द्र चाहालले समान १...
चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियोः दीपेन्द्र
चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियोः दीपेन्द्र एकै ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्र सिंह ऐरी कतार विरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन्।  २१ बलमा अविजित ६४ रन बनाएका दीपेन्द्रले यस खेलमा २ विकेट समेत लिएका थिए। दीपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन्। 
दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी
दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन्। दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन्। दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका...
एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी, कतार ३२ रनले पराजित
एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी, कतार ३२ रनले पराजित एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो । 
दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का
दीपेन्द्रले हाने एकै ओभरमा ६ छक्का दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन्। एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिङ गर्दै दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।
नेपालले आज कतारसँग खेल्दै
नेपालले आज कतारसँग खेल्दै नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ।खेल अपरान्ह ४:१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा २६ रनले पराजित भएको थियो।...
कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा
कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन्।रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए। उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन्।
लखनउ सुपर जायन्ट्सलाई दिल्ली क्यापिटल्सले हरायो
लखनउ सुपर जायन्ट्सलाई दिल्ली क्यापिटल्सले हरायो इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।गएराति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात
एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको हो।मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४ बल खेल्न बाँकी छँदा पूरा गर्‍यो। नेपालका ओपनरद्वय कुशल भुर्तेलले २४ रन र आसिफ शेखले ३२ रन...
एसीसी प्रिमियर कप: १४४ रनको लक्ष्य पाएको नेपाल जबाफी ब्याटिङमा
एसीसी प्रिमियर कप: १४४ रनको लक्ष्य पाएको नेपाल जबाफी ब्याटिङमा स्पिनर दीपेन्द्रसिंह ऐरीको कसिलो बलिङसँगै मलेसियाले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ। अल अमरेत क्रिकेट मैदान-१ मा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो।
Weather Update