News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
करण केसीले लिए हङकङको पहिलो विकेट
करण केसीले लिए हङकङको पहिलो विकेट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ।हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन्। 
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेका हुन्। खेल निर्धारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको छ।
एसीसी पुरुष प्रिमियर कपः वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित
एसीसी पुरुष प्रिमियर कपः वर्षाको कारण नेपाल र हङकङबीचको खेल प्रभावित वर्षाका कारण एसीसी पुरुष प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको खेल रोकिएको छ। ओमानको अमेरत क्रिकेट ग्राउण्डमा बिहान ११ः४५ बजेबाट खेल सुरु हुने तय भएकोमा वर्षाका कारण प्रभावित बनेको हो। खेल सुरु हुनै लाग्दा वर्षा भएपछि खेल रोकिएको र टसमा ढिलाई भएको हो। 
लिभरपुल पछि आर्सनलको पनि हार, म्यानचेस्टर सिटीलाई फाइदा
लिभरपुल पछि आर्सनलको पनि हार, म्यानचेस्टर सिटीलाई फाइदा इङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलले आआफ्नो खेल हारेपछि म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायम रहेको छ।गएराती सम्पन्न खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १-० ले पराजित भयो भने आर्सनल एस्टन भिल्लासँग २-० गोल अन्तरले पराजित भएको थियो।
आईपीएल: रोहितले नटआउट शतक बनाउँदा पनि चेन्नईसँग हार्‍यो मुम्बई
आईपीएल: रोहितले नटआउट शतक बनाउँदा पनि चेन्नईसँग हार्‍यो मुम्बई रोहित र ईशान शर्माले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै मजबुत सुरुवात गरेका थिए। ईशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो। सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक बर्माले ३१ रन जोड्दै टोलीलाई केही आशा दिलाए। तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसकेपछि पराजित भयो। 
एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै
एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै त्यस्तै पहिलो खेलमा कतारलाई ५ विकेटले पराजित गरेको हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग भने ५५ रनको हार बेहोरेको छ। प्रिमियर कपको उपाधिका दाबेदार मध्ये एक मानिएको हङकङ साउदीसँगको हारले ठुलो धक्का पुगेको देखिएको छ। यो हारपछि नेपालविरुद्धको आजको खेलमा हङकङ जित्नैपर्ने दबाबमा हुने छ। अर्कोतर्फ नेपाल भने आफ्नो विजयी लयलाई...
लखनउलाई हराउँदै कोलकाताको चौथो जित
लखनउलाई हराउँदै कोलकाताको चौथो जित १६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ रनमा नट आउट रहे। श्रेयस ऐर ३८ बलमा ६ चौकासहित ३८ रनमा नट आउट रहे। सुनिल नारायण ६ रनमा आउट भएका थिए। लखनउका मोहसिन खानले २ विकेट लिए।
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा लुटन टाउनमाथि ५-१ गोलको जित निकाल्दै सिटी शीर्ष स्थानमा पुगेको हो।
आईपीएलमा आज दुई खेल हुँदै
आईपीएलमा आज दुई खेल हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्। आज पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुँदै छ। कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेदेखि हुँदै छ। अहिलेसम्म कोलकाताले ४ खेलमा जित हासिल गरेको छ भने एक...
राजस्थानले पञ्जाबलाई ३ विकेटले हरायो
राजस्थानले पञ्जाबलाई ३ विकेटले हरायो त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो। टोलीका लागि आशुतोष शर्माले सर्वाधिक ३१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन राम्रो रहेन। राजस्थानका लागि अभेश खान, केशव महाराजले समान २ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजवेन्द्र चाहालले समान १...
चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियोः दीपेन्द्र
चौथो छक्का हानेपछि ६ छक्का हान्छु जस्तो लागेको थियोः दीपेन्द्र एकै ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्र सिंह ऐरी कतार विरुद्धको खेलको प्लेयर अफ द म्याच बनेका छन्।  २१ बलमा अविजित ६४ रन बनाएका दीपेन्द्रले यस खेलमा २ विकेट समेत लिएका थिए। दीपेन्द्रले चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्ने अनुमान गरेको बताएका छन्। 
दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी
दीपेन्द्र एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन्। दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन्। दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका...
Weather Update