काठमाडौं गुर्खाजविरुद्ध चितवन राइनोजले पहिले बलिङ गर्दैसोमबार, मंसिर १७, २०८१

एनपीएलमा आज काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै सोमबार, मंसिर १७, २०८१ शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन्। पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन्। यो खेल बिहान ९:१५ बजे सुरु हुनेछ। यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्।
-1733030905.jpg)
बंगलादेशसँग नेपाल ५ विकेटले पराजित आइतबार, मंसिर १६, २०८१ यसअघि नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो। अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो।
-1733043238.jpg)
नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य आइतबार, मंसिर १६, २०८१ एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनायो। पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ।
-1733030905.jpg)
यू–१९ एसिया कप क्रिकेट: टस हारेसँगै नेपाल ब्याटिङ गर्दै आइतबार, मंसिर १६, २०८१ यूएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन् भने नेपालले ब्याटिङ गर्नेछ। एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो।

यू-१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल आइतबार, मंसिर १६, २०८१ एसीसी यू-१९ एसिया कपमा आइतबार नेपालले बंगलादेशसँग खेल्दैछ।संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०:४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ।
-1733015983.jpg)
वेस्ट ह्याममाथि आर्सनलको प्रभावशाली जित आइतबार, मंसिर १६, २०८१ यो जितपछि आर्सनल अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ। उसको १३ खेलबाट २५ अंक भएको छ र यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो। वेस्ट ह्याम भने १५ अंकमै सीमित रहेर १४ औं स्थानमा छ।

एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार शनिबार, मंसिर १५, २०८१ शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल उद्घाटनका क्रममा आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार राशि घोषणा गरेको हो।

विराटनगर किंग्समाथि जनकपुर बोल्ट्सको सहज जित शनिबार, मंसिर १५, २०८१ श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमै १ सय ३१ रन बनाउँदै पूरा गर्यो । लाहिरुले ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।

एनपीएल: जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने शनिबार, मंसिर १५, २०८१ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ । जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्।

त्रिविमा अध्ययनरत विद्यार्थीलाई एनपीएल खेलको टिकट मुल्यमा ५० प्रतिशत छुट शनिबार, मंसिर १५, २०८१ नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

सर्वाधिक चर्चाकाबीच ‘एनपीएल’ क्रिकेट आजदेखि, उद्घाटन खेलमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दै शनिबार, मंसिर १५, २०८१ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ ।

नेपाल श्रीलङ्कासँग पराजित शुक्रबार, मंसिर १४, २०८१ उन्नाइस वर्षमुनि (यू–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट स्टेडियममा आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो।