News Griha :: न्यूजगृह
काठमाडौं गुर्खाजविरुद्ध चितवन राइनोजले पहिले बलिङ गर्दै

काठमाडौं — काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज् भिड्दैछन्।

टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाज विरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ। काठमाडौंको विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन्।

त्यसैगरी चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन्।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:५०
Weather Update