एनपीएल विजेतालाई १ करोड ११ लाख पुरस्कार

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएल उद्घाटनका क्रममा आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले विजेताको पुरस्कार राशि घोषणा गरेको हो।
जसअनुसार विजेताले १ करोड १० लाख पाउनेछ भने उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ। यस्तै तेस्रो हुनेलाई ३० लाख र चौथो हुने टोलीलाई २० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ।
उद्घाटन खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै जनकपुर बोल्टस् विजयी भएको छ। एनपीएलमा जनकपुर र विराटनगरसँगै पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज्, लुम्बिनी लायन्स र कर्णाली याक्स गरी ८ फ्रेन्चाइज टोली सहभागी छन्।
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ १५:५७