काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा पोखरा
-1734146644.jpg)
काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।
त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलका लागि काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन्।
प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण छ।
अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ। तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ ०९:०९