जनकपुरविरुद्ध चितवन ब्याटिङ गर्दै

काठमाडौं— चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
जनकपुर १० अंकसहित पहिलो स्थानमा रहेर प्लेअफमा स्थान निश्चित गरिसकेको छ । चितवन ६ अंकसहित चौथो स्थानमा छ ।
जनकपुरले विजय हात पारेमा क्वालिफायर्स १ मा पुग्ने छ । चितवनले विजय हात पारेमा टोलीको शीर्ष चार भित्र रहेर प्लेअफमा पुग्ने सम्भावना बलियो हुन्छ ।
विराटनगर किंग्ससँग अघिल्लो दिन पराजित चितवनले आफ्नो टोलीको प्लेइङ ११ मा कुनै खेलाडी परिवर्तन गरेको छैन । जनकपुरले बिहीबार आफ्नो पछिल्लो खेलमा काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । त्यो टोलीबाट जनकपुरले कुनै खेलाडी परिवर्तन गरेको छैन ।
प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१ १३:१३