हङकङ सुपर सिक्सेस्: नेपाल यूएईसँग पराजितआइतबार, कात्तिक १८, २०८१

सिटीमाथि बर्नमाउथको ऐतिहासिक जित, लिभरपुल शीर्षमा उक्लियो आइतबार, कात्तिक १८, २०८१ इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले म्यानचेष्टर सिटीलाई २–१ ले हराउँदै ऐतिहासिक जित निकालेको छ। एन्टोइन सेमेन्यो र इभानलिसनको गोलमा बर्नमाउथले पहिलो पटक सिटीलाई पराजित गरेको हो।

अमेरिकासँग नेपाल फेरि पराजित आइतबार, कात्तिक १८, २०८१ आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो।
-1730539371.jpg)
हङकङ सिक्सेस क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग पराजित शनिबार, कात्तिक १७, २०८१ हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।

अष्ट्रेलियालाई ११ रनले हराउँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा शनिबार, कात्तिक १७, २०८१ हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो ।

हङकङ सिक्सेस : इङ्ग्ल्यान्डविरुद्ध नेपालको ऐतिहासिक जित शुक्रबार, कात्तिक १६, २०८१ नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई/दुई विकेट हात पारे । यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो । रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले...

५० हजार क्षमताको नयाँ रङ्गशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा शुक्रबार, कात्तिक १६, २०८१ बिहीबार बालुवाटारमा साफ महिला च्याम्पियनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उनले ५० हजार सिट क्षमताको रङ्गशाला नेपाललाई आवश्यक भएकाले सोहीअनुसार सरकार अघि बढ्ने बताए।

महिला फुटबल टोलीसँग प्रधानमन्त्री बिहीबार, कात्तिक १५, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन्।

साफ च्याम्पियनसिप : नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने बिहीबार, कात्तिक १५, २०८१ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो।

साफ सकिए लगत्तै साम्बा फ्रान्स फर्किइन् बिहीबार, कात्तिक १५, २०८१ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशसँग नेपाल २–१ ले गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो। योसँगै बङ्गलादेशले भने साफ च्याम्पियसिपमा दोस्रोपटक उपाधि जित्न सफल भएको हो।

साफ उपविजेता महिला टोलीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार बिहीबार, कात्तिक १५, २०८१ साफ महिला च्याम्पियनसिप प्रतियोगितामा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन्।

राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङले दिए राजीनामा बिहीबार, कात्तिक १५, २०८१ साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल खेलको नतिजा बंगलादेशको पोल्टामा पुगेपछि प्रशिक्षक तामाङले राजीनामा घोषणा गरेका छन्।

साफ वुमेन्स: बंगलादेश च्याम्पियन, नेपाल २-१ ले पराजित बुधबार, कात्तिक १४, २०८१ रितुपोर्ना चक्माले गरेको जादुयी गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन बंगलादेशले नेपाललाई पराजित गर्दै बुधबार वुमेन्स साफ च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा भएको खेल २–१ ले जित्दै बंगलादेशले उपाधि रक्षा गरेको हो।