News Griha :: न्यूजगृह
५० हजार क्षमताको नयाँ रङ्गशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा
महिला फुटबल टोलीसँग प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले छिट्टै आकर्षक, आधुनिक, सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने बताएका छन्।

बिहीबार बालुवाटारमा साफ महिला च्याम्पियनसिप उपविजेता टोलीसँगको भेटका क्रममा उनले ५० हजार सिट क्षमताको रङ्गशाला नेपाललाई आवश्यक भएकाले सोहीअनुसार सरकार अघि बढ्ने बताए।

उनले विकास मन नपराउनेहरू पनि रहेको भन्दै सरकारले एउटा नयाँ रङ्गशाला सकेसम्म छिट्टै बनाउने घोषणा गरे।

प्रधानमन्त्री ओलीले साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई घोषणा गरिएको पुरस्कार राशि तिहार बिदा लगत्तै उपलब्ध गराउने प्रतिवद्धता जनाए। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०७:५७
Weather Update