साफ च्याम्पियनसिप : नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने
काठमाडौं— काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो।
उनका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।
बुधबार दशरथ रङ्गशालामा भएको फाइनलमा बङ्गलादेशसँग २-१ ले पराजित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१ १३:१७