आणविक हतियार प्रयोग गर्ने पुटिनको चेतावनीबिहीबार, असोज १०, २०८१

चीनले दशकौँपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण बुधबार, असोज ९, २०८१ चीनले बुधबार प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। क्षेप्यास्त्र स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेर ४४ मिनेटमा प्रक्षेपण गरिएको र ‘अपेक्षित समुद्री क्षेत्रमा खसेको’ चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ।

जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी बुधबार, असोज ९, २०८१ जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ। विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ। केन्द्र शासित प्रदेशका छ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधबार जारी निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गर्नेछन्।

इजरायली आक्रमणबाट लेबनानमा एकै दिन ४९२ जना मारिए, १६ सय घाइते मंगलबार, असोज ८, २०८१ बीबीसीका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन्। अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन्। इजरायली सेनाले भने लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाहका अखडालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। तर आक्रमणमा मारिएका हेजबुल्लाह लडाकुको संख्या भने यकिन भएको छैन।

इजरायली आक्रमणमा लेबनानमा ५० को मृत्यु, ३ सय घाइते सोमबार, असोज ७, २०८१ इजरायलले दक्षिणी लेबनानका विभिन्न स्थानमा सोमबार गरेको हवाई आक्रमणमा कम्तीमा ५० जना मारिएका छन् । आक्रमणमा ३ सयभन्दा बढी घाइते भएका छन् ।लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार घाइते हुनेमा महिला, बालबालिका तथा स्वास्थ्यकर्मीसमेत छन् । सोमबारको आक्रमण गत अक्टुबर ७ यताकै ठूलो भएको बताइएको छ ।

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी आइतबार, असोज ६, २०८१ पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत ल्याउन नसकेपछि पहिलो स्थानमा आएका दिसानायके र दोस्रो स्थानमा रहेका प्रेमदासाबाहेक अन्य उम्मेदवारहरू चुनावी दौडबाट बाहिरिएका थिए।

पहिलो चरणमा श्रीलङ्काको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? आइतबार, असोज ६, २०८१ श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसक्ने देखिएको छ।

अल जजिरा टेलिभिजनको कार्यालयमा इजरायली सेनाको छापा आइतबार, असोज ६, २०८१ आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए। सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्युरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले जनाएको छ।

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी उम्मेदवार दिशानायकेको फराकिलो अग्रता आइतबार, असोज ६, २०८१ श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले अग्रता लिएका छन्।राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना भएकोमा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले सुरूवात देखि नै अग्रता लिएका हुन्।

मोदी र बाइडेनबीच भेटवार्ता आइतबार, असोज ६, २०८१ मोदी- बाइडेन भेटमा अमेरिकाले अमेरिकामा रहेका भारतका २९७ बहुमूल्य पुरातात्विक वस्तुहरू भारतलाई हस्तान्तरण गर्ने भएको छ ।

दिल्लीकी मुख्यमन्त्री बनिन् आतिशी शनिबार, असोज ५, २०८१ त्यही दिन केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिए भने आतिशीले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गरिन्। शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन्। कैलाश गेहलोत, गोपाल राय, शौरभ भारद्धाज, इमरान हुसेन र मुकेश अहलावतले मन्त्री बनेका छन्।

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक मतदान शनिबार, असोज ५, २०८१ यसैबीच केही क्षेत्रका मतदान केन्द्रमा जङ्गली जनावरबाट सुरक्षित आभास गराउन प्रहरी परिचालन गर्नुपरेको उनले बताए। कोलम्बोमा मतदान सुरु हुनु अघि दर्जनौँ मानिसहरू मतदान केन्द्र बाहिर लामबद्ध थिए भने राजधानीमा कडा सुरक्षाको व्यबस्था मिलाइएको छ। मतदान स्थानीय समय अनुसार बेलुका चार बजे सम्म चल्ने र गणना शनिबार साँझ देखि नै सुरु...

दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मंगलबार, असोज १, २०८१ आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए।