News Griha :: न्यूजगृह
पुटिनको समर्थन कमला ह्यारिसलाई
पुटिनको समर्थन कमला ह्यारिसलाई रुसको भ्लादिभोस्टोक शहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ भनेर सोधिएको थियो। यस प्रश्नको जवाफमा पुटिनले भने, ‘यदि तपाईंले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिए। तर अहिले उनी दौडबाट पछि हटेका छन्, उनले कमला ह्यारिसको नामलाई समर्थन गरेका छन्, त्यसैले म पनि...
अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा ९४ मुद्दा दर्ता 
अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा ९४ मुद्दा दर्ता  योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको सङ्ख्या ९४ पुगेको छ। तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले दर्ता गरेका मुद्दा रहेको बंगलादेशका मिडियाहरूले उल्लेख गरेका छन्।  
अमेरिकाको जर्जियास्थित विद्यालयमा १४ वर्षीय बालकले गोली चलाए, चार जनाको मृत्यु
अमेरिकाको जर्जियास्थित विद्यालयमा १४ वर्षीय बालकले गोली चलाए, चार जनाको मृत्यु अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार घटनामा ९ जना घाइते छन्।
बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड
बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड मिडिया रिपोर्टका अनुसार बाढीपछि राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन्। दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ।
युगान्डामा भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ
युगान्डामा भ्रष्टाचारको विरोध गर्दै नग्न प्रदर्शन गर्ने तीन महिला पक्राउ यस वर्षको सुरुमा युवाहरूको नेतृत्वमा भएको सरकार विरोधी प्रदर्शनसँग जोडिएको युगान्डा स्वतन्त्रता अभियन्ता भनेर चिनिने नागरिक समाजका सदस्य महिलाहरूलाई संसद्तर्फ जाने क्रममा पक्राउ गरी हिरासतमा लिइएको थियो।
अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान
अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ।  अमेरिकाले लगाएको प्रतिबन्ध उलङ्घन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो। 
इजरायलमा नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौँ मानिस सडकमा
इजरायलमा नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौँ मानिस सडकमा प्रदर्शनकारीले बन्धकहरूको रिहाइका लागि हमाससँग तत्काल सम्झौता गर्न माग गरेका छन्। तेल अभिव, जेरुसेलम लगायत कयौँ शहरमा जारी प्रदर्शनमा सहभागीहरू सरकारको चर्को आलोचना गरेका समाचारहरूमा जनाइएको छ। गत वर्षको अक्टोबर महिनामा इजरायलमा हमास समूहले आक्रमण गरी नेपालका विपिन जोशीसहित सयौँ मानिसलाई बन्धक बनाएको थियो।
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ। एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ।
रुसको सीमा क्षेत्र र राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण
रुसको सीमा क्षेत्र र राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण स्थानीय अधिकारीहरूका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा उड्ने करिब ४० ड्रोनहरू ध्वस्त भएका छन्। उनले भने, ‘हामीलाई निकै कम क्षति भएको छ। दुईवटा इन्धन स्टेसन र एउटा भवनमा मात्रै क्षति पुगेको छ।' यद्यपि रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी नदिएको बताइएको छ। 
ढलमा खसेर मलेसियामा भारतीय महिला बेपत्ता, खोजी जारी
ढलमा खसेर मलेसियामा भारतीय महिला बेपत्ता, खोजी जारी मलेसियाको क्वालालम्पुरमा ढलमा खसेर बेपत्ता भएकी भारतीय महिलाको खोजी आठौँ दिन पनि असफल भएको छ।क्वालालम्पुरमा फुटपाथमा बनाइएको ढलमा खसेर भारतीय महिला ४८ वर्षीया विजया लक्ष्मी बेपत्ता छिन्। 
शेख हसिना सरकारका ८ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध
शेख हसिना सरकारका ८ मन्त्रीलाई बंगलादेश छोड्न प्रतिबन्ध बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका ८ मन्त्री र उनको पार्टी अवामी लिगका ६ जना पूर्व सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ। एन्टी करप्सन कमिसनका वकिल हुसेन जहाँगीरले सो कुराको पुष्टि गरेका हुन्।
जापानमा शक्तिशाली आँधी
जापानमा शक्तिशाली आँधी यस वर्षको सबैभन्दा शक्तिशाली आँधी ‘शानसान’ जापानमा पुगेको छ। शानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो । मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रति घण्टाको गतिमा चल्नुको साथसाथै मुसलधारे वर्षा भइरहेको छ। 
Weather Update