News Griha :: न्यूजगृह
मोदी र बाइडेनबीच टेलिफोन कुराकानी
मोदी र बाइडेनबीच टेलिफोन कुराकानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग फोनमा कुराकानी गरेका छन्। दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्‍याएका थिए ।
पाकिस्तानको बलुचिस्तानमा श्रृङ्खलावद्ध आक्रमण, ५१ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तानमा श्रृङ्खलावद्ध आक्रमण, ५१ जनाको मृत्यु पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार भएको शृङ्खलाबद्ध आक्रमणमा सुरक्षाकर्मीसहित ५१ जनाको मृत्यु भएको छ।
इजरायलमा हिजबुल्लाहले आक्रमण गर्दा इरान खुसी
इजरायलमा हिजबुल्लाहले आक्रमण गर्दा इरान खुसी इरानले सोमबार लेबनानको हिजबुल्लाह समूहद्वारा इजरायलमा ड्रोन र मिसाइल आक्रमणको प्रशंसा गरेको छ। इरानले उसको कट्टर दुश्मन इजरायलले बढ्दो क्षेत्रीय तनावका बीच यस्ता आक्रमण रोक्ने क्षमता गुमाएको बताएको छ।
क्यानाडाले चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउने
क्यानाडाले चिनियाँ विद्युतीय सवारी साधनमा शतप्रतिशत शुल्क लगाउने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रतिशत कर लगाउने घोषणा गरेका छन्। यो उत्तरी अमेरिकामा चिनियाँ राज्य–अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ।
जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी
जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ।मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन्।
अस्ट्रेलियामा कार्यालय समयपछि फोन र म्यासेजको जवाफ दिन नपर्ने कानुन लागू
अस्ट्रेलियामा कार्यालय समयपछि फोन र म्यासेजको जवाफ दिन नपर्ने कानुन लागू अस्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ को नयाँ नियम लागू भएको छ। जसमा अफिस समयपछि घरमा पुगिसकेपछि कम्पनीको कल र म्यासेजको जवाफ दिन बाध्य महसुस गर्नेहरूलाई राहत दिइएको छ। नयाँ कानुनले कर्मचारीहरूलाई कार्यालय समयपछि फोन र म्यासेजको जवाफ बेवास्ता गर्ने स्वतन्त्रता दिएको छ।
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा
भारतको केन्द्र शासित प्रदेश लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा भारतको केन्द्र शासित प्रदेश लद्दाखमा केन्द्र सरकारले पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले लद्दाखको विकास र समृद्दिका लागि पाँच नयाँ जिल्ला बनाएको घोषणा गरेका हुन्।
पाकिस्तानमा गोली हानी २३ जनाको हत्या
पाकिस्तानमा गोली हानी २३ जनाको हत्या पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार २३ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो।
लेबनानसँग तनाव बढेपछि इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा
लेबनानसँग तनाव बढेपछि इजरायलमा ४८ घन्टाका लागि संकटकाल घोषणा लेबनानसँगको बढ्दो तनावकाबीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ। इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकलका घोषणा गरेका हुन्। यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ। 
मोदी र जेलेस्न्कीबीच भेटवार्ता
मोदी र जेलेस्न्कीबीच भेटवार्ता युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। कीएभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।
बंगलादेशमा शेख हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने
बंगलादेशमा शेख हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ। नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन्।जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन्।
आज भारत बन्द, ठाउँठाउँमा झडप, विहारसहितका राज्य प्रभावित
आज भारत बन्द, ठाउँठाउँमा झडप, विहारसहितका राज्य प्रभावित दलित र जनजाति संगठनहरूले आज भारत बन्दको आव्हान गरेका छन्।अनुसूचित जाति र जनजातिको लागि आरक्षणमा क्रिमी लेयर सम्बन्धी सर्वोच्च अदालतको निर्णयको विरोधमा आज भारत बन्दको घोषणा गरिएको हो।
Weather Update