News Griha :: न्यूजगृह
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ वर्षपछि फुकुवा
बंगलादेशकी विपक्षी नेतृ खालिदा जियाको बैक खाता १७ वर्षपछि फुकुवा बंगलादेशमा विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री खालिदा जियाको बैंक खातामाथिको प्रतिबन्ध हटाइएको छ।राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले जियाको बैंक खाता फुकुवा गर्ने निर्णय गरेको छ। उनको बैंक खाता १७ वर्षदेखि रोक्का गरिएको थियो। 
पाइलट बाबाको निधन
पाइलट बाबाको निधन भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ। भारतीय मिडियाका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए। उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो।
कोलकातामा बलात्कारपछि हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिँदै दियो विभिन्न आदेश
कोलकातामा बलात्कारपछि हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिँदै दियो विभिन्न आदेश यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वतस्फुर्त हात हालेको छ। 
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउँछुः ट्रम्प
मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउँछुः ट्रम्प समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन्। ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन्।
उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे
उत्तर कोरियाका एक सैनिक भागेर दक्षिण कोरिया पुगे योनहाप समाचार एजेन्सीले एक अज्ञात सैन्य अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरिया छाडेर सीमा पार गरे पछि मङ्गलबार बिहान उत्तरपूर्वी काउन्टी गोसेओङमा हिरासतमा लिइएको थियो।’ 
भारतका प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै
भारतका प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो।
दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा
दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ। युक्रेनी सेनाले केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो। युक्रेनी सेनाले आइतबार पुलमा भएको आक्रमणको भिडि‌ओ पनि सार्वजनिक गरेको छ। यो हमला झानोएको सेयाम नदी माथि गरिएको बताइएको छ।
बाइडेनलाई भन्दा कमलालाई हराउन सहज हुने ट्रम्पको दाबी
बाइडेनलाई भन्दा कमलालाई हराउन सहज हुने ट्रम्पको दाबी अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई हराउन राष्ट्रपति जो बाइडेनलाई हराउन भन्दा सहज हुने दोहोर्याएका छन्।​
आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने
आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने  स्विडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ। स्विडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेन संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी छन्।
टर्कीको संसद्मा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान 
टर्कीको संसद्मा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान  एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति  रेसेप तैयप एर्दोगानको पार्टीलाई आतङ्कवादी सङ्गठन भनेपछि संसद्मा झडप भएको थियो। त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए।
थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री नियुक्त
थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा प्रधानमन्त्री नियुक्त थाइल्यान्डको संसद्ले ३७ वर्षीया पाएटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्री चयन गरेको छ।फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टार्नलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चयन गरेको छ। गठबन्धनमा रहेका अन्य १० दलले उम्मेदवार अघि नसारेपछि सिनावात्रा प्रधानमन्त्री बनेकी हुन्।
बंगलादेश सरकारले फिर्ता बोलायो ७ देशका राजदूतलाई
बंगलादेश सरकारले फिर्ता बोलायो ७ देशका राजदूतलाई जसमा अमेरिकाका लागि राजदूत मोहम्मद इमरान, रुसका लागि राजदूत कमरुल हसन, साउदी अरबका लागि राजदूत जावेद पटवारी, जापानका लागि राजदूत शाहबुद्दीन अहमद, जर्मनीका लागि राजदूत मोशर्रफ हुसेन भुइया, यूएईका लागि राजदूत अबु जफर र उच्चायुक्त रियर एडमिरल एसएम अबुल कलाम रहेका छन्।
Weather Update