News Griha :: न्यूजगृह
भारतीय कुस्ती खेलाडी बिनेश फोगाट कांग्रेसबाट विधान सभा चुनाव लड्ने

काठमाडौं— भारतकी कुस्ती खेलाडी बिनेश फोगाट नेशनल कांग्रेसमा प्रवेश गरेकी छन्। शुक्रबार कांग्रेसमा प्रदेश गरेकी फोगाटलाई कांग्रेसले हरियाणाको जुलानाबाट बिनेशलाई टिकट समेत दिएको छ।

पेरिस ओलम्पिकमा फाइनल खेल्न अयोग्य भएकी बिनेश फोगाट भारत फर्किएपछि नै कांग्रेसमा प्रवेश गर्ने अनुमान गरिएको थियो।

बिनेश फोगाट र अर्का कुस्ती खेलाडी बजरंग पुनियाले शुक्रबार कांग्रेसका वरिष्ठ सदस्यहरूको उपस्थितिमा पार्टीको सदस्यता लिएका थिए। 

बिनेश फोगाट पेरिस ओलम्पिकमा पदक जित्नबाट चुकेकी थिइन् । ५० केजी तौल समूहमा उनी फाइनलमा पुग्दा पनि १०० ग्रामभन्दा बढी तौल भएका कारण अयोग्य घोषित भइन्।

यसअघि बजरंग पुनिया र बिनेश फोगाटले भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषण सिंहविरुद्ध महिला कुस्ती खेलाडीको यौन शोषणको विषयमा विरोध गर्दै दिल्लीको जन्तर मन्तरमा लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १०:२४
Weather Update