अल जजिरा टेलिभिजनको कार्यालयमा इजरायली सेनाको छापा
काठमाडौं— इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल अल जजिराको कार्यालयमा छापा मारेको छ।
साथै ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको छ।
आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए। सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्युरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले जनाएको छ।
उनका अनुसार आतङ्कवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ। अल ओमारीले भने यसरी सञ्चार माध्यमहरूलाई निशाना बनाउनुको उद्देश्य मानिसहरूलाई सही सूचना दिनबाट रोक्नु भएको बताएका छन्।
गत मे महिनाको सुरुवातमा पनि पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ १२:४७