झाँकी प्रदर्शनसहित कार्यक्रममा उपस्थित हुन काठमाडौं महानगरको निर्देशनबुधबार, मंसिर २६, २०८१

रवि लामिछानेलाई कास्की पुर्याइयो, प्रहरी अनुसन्धान पनि अन्तिम चरणमा बुधबार, मंसिर २६, २०८१ लामिछानेबारे अनुसन्धान सकेर प्रहरी अनुसन्धान प्रतिवेदन तयारीमा जुटेको छ। एकदुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ। उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ ।
-1732007907.jpg)
दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता बुधबार, मंसिर २६, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले बताए । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

छानबिन सुरु भएपछि राजीनामा दिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, मंसिर २६, २०८१ सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
-1733892215.jpg)
मोटरसाइकल दुर्घटनामा कलाकार महराको मृत्यु बुधबार, मंसिर २६, २०८१ मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो। लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

कैलालीमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु बुधबार, मंसिर २६, २०८१ कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–८, गोदावरी नगरपालिका–४ र धनगढी उपमहानगरपालिका–१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुस्ताङमा खोला नै जम्नथाले‚ मार्फाको तापक्रम माइनस ७ डिग्रीमा झर्यो बुधबार, मंसिर २६, २०८१ जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार यातायात भने सञ्चालनमा नै रहेको र सीमानाका खुला रहे पनि उपल्लो मुस्ताङ क्षेत्रका बासिन्दा मौसमबाट प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रहरीको टोली नियमित रूपमा कोरला नाकासम्म गस्तीमा जाने गरेको छ।

रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा, आजै प्रतिवेदन बुझाउने तयारी बुधबार, मंसिर २६, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगञ्जबाट बुधबार कास्की नै फर्काउने तयारी गरिएको छ। कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ।पुस ५ गते अघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सरकारी वकिल कार्यालय कास्कीले गरेको छ। रवि र छविलाल जोशीविरुद्ध पूरक अभियोगपत्र पेस हुने छ।

यस्तो छ आज दिनभरिको मौसम बुधबार, मंसिर २६, २०८१ कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ।

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ४ डिग्रीमा झर्यो बुधबार, मंसिर २६, २०८१ बुधबार बिहान यहाँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो अहिले ५ डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए। दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने उनले जानकारी दिए।

'बलात्कारको प्रतिकार भएपछि सुचिनाको हत्या', प्रहरीले सार्वजनिक गर्यो अभियुक्त मंगलबार, मंसिर २५, २०८१ बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित १८ वर्षीया सुचिना घलेको हत्या आरोपीलाई प्रहरीले १० दिनपछि मंगलबार सार्वजनिक गरेको छ। हत्याको आरोपमा बारपाक सुलिकोट–१ का ४३ वर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो मंगलबार, मंसिर २५, २०८१ अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका निराजन नेपालीलाई दुबईबाट पक्राउ गरेर ल्याइएको हो।

पर्सामा रवि लामिछानेको बयान सकियो मंगलबार, मंसिर २५, २०८१ सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन् । बयानको क्रममा लामिछानेसँग ५४ वटा प्रश्न सोधिएको निरौलाले जनाए। सरकारी वकिल कार्यालय स्रोतका अनुसार कुनैकुनै कुराको लामिछानेले ‘कन्फेस’ गरेका छन्।