नदी किनारको २० मिटर खाली गर्ने सर्वोच्चको फैसला कार्यान्वयन नगर्न सरकारको निर्देशनबिहीबार, मंसिर २७, २०८१

जीबी राईको राहदानी रोक्का बिहीबार, मंसिर २७, २०८१ कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया भने यसबारे अनुसन्धान चलिरहेको बताउँदै विस्तृतमा खुलाएनन्। ‘केही कामहरू भइरहेका छन्। अनुसन्धानकै क्रममा रहेकाले केही भन्ने अवस्था छैन,’ ओलियाले भने।

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति बिहीबार, मंसिर २७, २०८१ बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उस्तै कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
-1702886488.jpeg)
त्रिवि दीक्षान्त व्यवस्थित नभए बहिष्कार गर्ने चेतावनी बिहीबार, मंसिर २७, २०८१ बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि उनले यस्तो चेतावनी दिएका हुन्।

रविलाई ९ दिन म्याद थप गर्न माग बिहीबार, मंसिर २७, २०८१ रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ।प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो। अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ।

भ्वाङ परेको कमलादी सडकखण्ड आजबाट सञ्चालनमा बिहीबार, मंसिर २७, २०८१ काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारिसाधन गुड्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् ।

प्रसाईंको बयान: कम्बोडियामा ओलीको लगानीबारे कागजात मैले बनाएको होइन, उतै बस्ने नेपालीले पठाएका हुन् बिहीबार, मंसिर २७, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्।कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले बोलेको प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंले लिएको बयानमा भनेका हुन्।

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै बिहीबार, मंसिर २७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ। सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराउन लागिएको हो।

आजको मौसम : तराई र उपत्यकामा हुस्सु र कुहिरो बिहीबार, मंसिर २७, २०८१ गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस बिहीबार, मंसिर २७, २०८१ आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए। आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ।

जाजरकोटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु बिहीबार, मंसिर २७, २०८१ जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर ३ कटकेतर्फ जाँदै गरेको ग३च ९४४५ नम्बरको बोलेरो जीप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो।

रवि लामिछानेलाई उच्च रक्तचाप बुधबार, मंसिर २६, २०८१ पोखरा ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए। फिस्टेल हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले भर्ना गर्नुपर्छ भनेको रास्वपाका नेताहरूले बताएका छन्। तर, लामिछाने भने हिरासतमा नै फर्किएका छन्।

सरकारले रोजगार दिने होइन‚ वातावरण बनाइदिने मात्र हो : मन्त्री भण्डारी बुधबार, मंसिर २६, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकारले रोजगार दिने नभई रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने र रोजगारी निजी क्षेत्रले दिने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।