दिल्ली गए प्रधानसेनापति सिग्देलमंगलबार, मंसिर २५, २०८१

जबरजस्ती करणी आरोपमा पक्राउ परेका पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति मंगलबार, मंसिर २५, २०८१ जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दले बताए।

गहुँखेतीका लागि डीएपी मल अभाव मंगलबार, मंसिर २५, २०८१ दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए। पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डीएपी मल बिक्री भइसकेको छ।

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित मंगलबार, मंसिर २५, २०८१ तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ। विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटनामा परेर फुटबल खेलाडी निशानको मृत्यु मंगलबार, मंसिर २५, २०८१ जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए।

भारतीय मान्छे राखेर नेपाली व्यापारी धम्क्याएको आरोपमा दुर्गा प्रसाईंसँग बयान लिँदै सीआईबी मंगलबार, मंसिर २५, २०८१ केन्द्रीय साइबर ब्युरोबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आज दोस्रो दिन पनि बयान जारी छ ।आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धानमा तानिएका प्रसाईंले भारतमा व्यक्ति नै खटाएर नेपालका व्यापारीलाई धम्क्याएर रकम असुलेको विषयमा कैयन् प्रमाणहरू भेटिएको सीआईबी स्रोतको दाबी छ ।

पर्सामा रविको बयान आज हुँदै, जोशी र खनालको बयान सकेर फर्काइँदै मंगलबार, मंसिर २५, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान लिन प्रहरीले सरकारी वकिलको कार्यालय पर्सामा पठाएको छ।मंगलबार बिहान सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सरकारी वकिलको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले जानकारी दिए।

रौतहट दुर्घटना अपडेट : मृतक ८ जनाकै पहिचान खुल्यो, घाइते ५ जनाको उपचार हुँदै मंगलबार, मंसिर २५, २०८१ चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जङ्गलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

रौतहटमा जीप दुर्घटना, ८ यात्रुको मृत्यु मंगलबार, मंसिर २५, २०८१ बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको जीप रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।दर्शनार्थी चढेको बा१६च ३१६२ नम्बरको स्कर्पियो जीप चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज मंगलबार, मंसिर २५, २०८१ मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो मंगलबार, मंसिर २५, २०८१ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो।

परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय अदालतसामु नेपालका तर्फबाट मागिन् जलवायु न्याय मंगलबार, मंसिर २५, २०८१ अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेको हो।

तापक्रम घट्दा काठमाडौं उपत्यकामा कठ्याङ्ग्रिने जाडो मंगलबार, मंसिर २५, २०८१ पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।