अब निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधाशुक्रबार, मंसिर २८, २०८१

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा, एनपीएलका केही खेल हेर्ने शुक्रबार, मंसिर २८, २०८१ लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न काठमाडौं आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपीएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि ८ घण्टामात्रै बन्द हुने शुक्रबार, मंसिर २८, २०८१ नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी १ (पुस १७) गतेदेखि विमानस्थलमा राति १० बजेदेखि सुरु हुने निर्माण कार्यलाई ११ बजे सारिएको र बिहान ८ बजेसम्म हुने निर्माण कार्यलाई एक घण्टा छोट्याएर ७ बजेमा झारिएको बताए।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु शुक्रबार, मंसिर २८, २०८१ रौतहटको गौर नगरपालिका–६ सवगडास्थित सडकमा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल चालक गौर नगरपालिका–६ सवगडा बस्ने २२ वर्षीय सुरज साहको मृत्यु भएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी जोशी अस्पताल भर्ना शुक्रबार, मंसिर २८, २०८१ सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन्।बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ।

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री शुक्रबार, मंसिर २८, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन्।नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई शुक्रबार सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए।

सहकारी प्रकरणः लेखा समिति सभापति पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा शुक्रबार, मंसिर २८, २०८१ बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो। सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ।

मुग्लिन–पोखरा सडक ५ दिन अवरुद्ध हुने शुक्रबार, मंसिर २८, २०८१ जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि सॉझ ६ बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्रीलङ्काका लागि सिफारिस राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु शुक्रबार, मंसिर २८, २०८१ संसदीय सुनुवाइ समितिले शुक्रबार एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरेको छ।

गृहले गर्यो १० डीआईजीको सरूवा, कसलाई कहाँ खटाइयो? शुक्रबार, मंसिर २८, २०८१ नेपाल प्रहरीका १० जना जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरूवा भएको छ। गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय गरी १० डीआईजीहरुको सरूवा गरेको हो।जसअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग सरूवा गरिएको छ।

सगरमाथा क्षेत्रमा उडान नरोक्ने वायुसेवा सञ्चालक सङ्घको निर्णय शुक्रबार, मंसिर २८, २०८१ साथै सङ्घले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ। गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान गर्न नदिने भन्दै सङ्घलाई पत्राचार गरेको थियो।

काठमाडौंमा हिजोको तुलनामा आज झन् जाडो शुक्रबार, मंसिर २८, २०८१ काठमाडौं उपत्यकामा बिहान हुस्सु पनि लागेको छ। हुस्सु तराईका जिल्लामा पनि देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले काठमाडौंमा न्यूनतम तापक्रम घट्ने र हुस्सु लाग्ने बाहेक अरु उल्लेख्य मौसमी प्रणाली नभएको बताइन्।
-1708064405.jpg)
काठमाडौं उपत्यका र तराईमा हुस्सुको सम्भावना शुक्रबार, मंसिर २८, २०८१ बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।