News Griha :: न्यूजगृह
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ । शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रेट १५ रूपैयाँले बढ्यो अण्डाको भाउ 
प्रतिक्रेट १५ रूपैयाँले बढ्यो अण्डाको भाउ  बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७०, ठूलो चार सय ८५ र एक्सल अण्डा पाँच सय रूपैयाँ छ। 
भ्रष्टाचारी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ
भ्रष्टाचारी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ श्रेष्ठले नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई जम्मा ३९ करोड ८९ लाख ३१ हजार ७८४ हानिनोक्सानी गरी भ्रष्टाचार‌को कसुर अपराध गरेको ठहर भएको थियो । उनीमाथि छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको थियो ।
त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त
त्रिविमा ८ डीन र ३ निर्देशक नियुक्त त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ डीनको नियुक्त गरेको छ । शनिबार डीन नियुक्त गरिएको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिए ।
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भक्तपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । रामेछापको दोरम्बा गाउँपालिका-४ घर भई सूर्यविनायक नगरपालिका-१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आज किरात समुदायको उधौली पर्व, देशभर सार्वजनिक बिदा
आज किरात समुदायको उधौली पर्व, देशभर सार्वजनिक बिदा पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलता अनुरूपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रक्रियालाई उधौली...
काठमाडौंमा शनिबारको तुलनामा आज कम चिसो, देशभरको मौसम कस्तो रहला?
काठमाडौंमा शनिबारको तुलनामा आज कम चिसो, देशभरको मौसम कस्तो रहला? सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद
दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
बालिका हत्या आरोपमा ४८ वर्षीय व्यक्ति पक्राउ
बालिका हत्या आरोपमा ४८ वर्षीय व्यक्ति पक्राउ नडाङ सनइवाडाकै हर्क सनइकी छोरी आठ वर्षीया विनिता नेपालीको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
मधेस प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मधेस प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी उपरोक्त उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सो कार्यालयले जनाएको छ । सो सम्बन्धित गत असोज महिनामा सो कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेस प्रदेशका  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष आफ्नो कार्यालयको वार्षिक प्रतिवेदनसमेत बुझाएको थियो ।
बुटवलबाट काठमाडौं आउँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना
बुटवलबाट काठमाडौं आउँदै गरेको बस धादिङको गल्छीमा दुर्घटना दुर्घटनामा परि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए। घाइतेहरूमा कपिलवस्तुको शिवराज नगरपालिका-३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका-१ का ४२ वर्षीय चित्र बहादुर पाण्डे छन्। 
सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कडा नियमन गर्ने तयारीमा सरकार
सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कडा नियमन गर्ने तयारीमा सरकार सरकार अनलाइन मिडिया र सामाजिक सञ्जाललाई कडा नियमन गर्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘अनलाइन मिडिया र सामाजिक सञ्जालले असहयोग गरेपछि’ आफूहरू कडा नियमनको तयारीमा जुटेको बताए ।
Weather Update