News Griha :: न्यूजगृह
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन ३५ दिने म्याद
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन ३५ दिने म्याद मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ ।
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । मङ्गलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।
भारतमा बसेर नेपालमा सङ्गठित अपराध गर्दै आएको समूहका नाइके पक्राउ
भारतमा बसेर नेपालमा सङ्गठित अपराध गर्दै आएको समूहका नाइके पक्राउ मधेसका विभिन्न जिल्लामा चोरीका घटनामा संलग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन्। प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो।
रवि लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थपिँदै
रवि लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थपिँदै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै फेरी म्याद थप्ने तयारी गरिएको छ।जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गर्न समय लाग्ने भन्दै फेरि म्याद थप्न लागेको हो।
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईलाई अदालतमा उपस्थित गराएको हो । 
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी छान्न सर्च कमिटी असफल
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी छान्न सर्च कमिटी असफल संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगहरू सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी र सदस्य छान्न सर्च कमिटी असफल भएको छ।
यस्तो रहनेछ आज दिनभरको मौसम
यस्तो रहनेछ आज दिनभरको मौसम देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।
साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो । 
लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कति मागियो कैद सजाय ?
लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कति मागियो कैद सजाय ? प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२२ को उपदफा (छ), (ढ) र (त) विपरीत कसुर गरेको अनुसन्धानमा देखिएको भन्दै प्रहरीले सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) को (४) (ङ) बमोजिम...
केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्दै प्रहरी
केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्दै प्रहरी नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गरिने भएको छ । संसदमा पेस गर्न लागिएको प्रहरी विधेयकमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्ने उल्लेख गरिएको छ ।
काठमाडौंका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि
काठमाडौंका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय उपचारसँगै उनी ठमेल चाक्सीबारी बस्दै आएका थिए । पूर्वमन्त्रीसमेत रहेका सिंहको पेटमा अल्सर भएपछि गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिट हेर्दाहेर्दैमा
एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिट हेर्दाहेर्दैमा सर्वोच्च अदालतले एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिटलाई हेर्दाहेर्दैमा राखेको छ। सोमबार न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिटलाई हेर्दाहेर्दैमा राखेको प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए।
Weather Update