News Griha :: न्यूजगृह
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको छ ।कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकि कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए ।
भुटानी शरणार्थी प्रकरणमा बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
भुटानी शरणार्थी प्रकरणमा बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ। ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो।
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको पुष्टि गरे । यो मुद्दामा प्रहरीका पूर्वडीआईजी छविलाल जोशी लगायत पनि प्रतिवादी छन् ।
काठमाडौं महानगरका प्रथम मेयर पीएलको पार्थिव शरीर कांग्रेस कार्यालयमा
काठमाडौं महानगरका प्रथम मेयर पीएलको पार्थिव शरीर कांग्रेस कार्यालयमा ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए। गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए।
हिउँदमा पनि हटेन बागमती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
हिउँदमा पनि हटेन बागमती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या ललितपुरको सानेपास्थित बागमती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्न अनुरोध छ ।’
तीनजना सवार मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
तीनजना सवार मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु यसैगरी मोटरसाइकल चालक मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको चन्दले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
नेपाल पत्रकार महासंघ बझाङमा दुई जना अध्यक्ष !
नेपाल पत्रकार महासंघ बझाङमा दुई जना अध्यक्ष ! अध्यक्ष पदका दुई प्रतिस्पर्धीले बराबर मत प्राप्त गरेपछि कसले नेतृत्व गर्ने भन्ने विवाद टुंगिएको छ । शुक्रबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी ढेपबहादुर विष्ट र ललितबहादुर सिंहले बराबर मत पाएपछि आधा आधा कार्यकाल आलोपालो अध्यक्ष हुने गरी विवाद सल्टिएको हो । दुवैले ३३/३३ मत ल्याएका थिए ।
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन
काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। गतवर्ष मात्रै उनको पेटको शल्यक्रिया गरिएको थियो। उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए। उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए। 
लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।
भारत भ्रमण सकेर फर्किए प्रधान सेनापति सिग्देल
भारत भ्रमण सकेर फर्किए प्रधान सेनापति सिग्देल भ्रमणकै क्रममा प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविण पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरूमध्ये सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए।
स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु
स्कुटर दुर्घटनामा बाबुछोरीको मृत्यु आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटी ठोक्किएर २ जनाको ज्यान गएको छ ।
रविविरुद्धको अनुसन्धान प्रतिवेदन तयार, भोलि पेस गरिने
रविविरुद्धको अनुसन्धान प्रतिवेदन तयार, भोलि पेस गरिने सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।
Weather Update