News Griha :: न्यूजगृह
मुस्ताङमा आलु ‘जोन’
मुस्ताङमा आलु ‘जोन’ मुस्ताङमा उत्पादन भएको आलु म्याग्दी, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, रुपन्देहीलगायत देशका विभिन्न सहरमा बिक्री हुने गर्दछ । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिना प्राङ्गारिक विधीबाट उत्पादन भएको मुस्ताङको आलु स्वादिलो र पोषिलो मानिन्छ ।
बुटवलमा जीप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु
बुटवलमा जीप दुर्घटना हुँदा दम्पतीसहित ३ जनाको मृत्यु पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा मृत्यु बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपाने छन् ।
८ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन 
८ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन  तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन।  पाँच वर्षअघि सकिनुपर्ने ५० शय्या क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ। भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए। 
आज काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस
आज काठमाडौंमा यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस शनिबार बिहान काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ। केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
आज देशभरको मौसम सफा रहने, कस्तो रहला भोलि र पर्सि ?
आज देशभरको मौसम सफा रहने, कस्तो रहला भोलि र पर्सि ? महाशाखाका अनुसार, सोमबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ। आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिए।
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि ...
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि ... भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ। आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ।
मुगुमा एक महिलाले ६ बच्चा जन्माएको हल्ला मात्र
मुगुमा एक महिलाले ६ बच्चा जन्माएको हल्ला मात्र बेडमा सुत्केरी जस्तो देखिने महिला सुतिरहेको, उनको छेवैमा ६ शिशुहरू लस्करै राखिएको र बेडको छेवैमा पाँच जना स्वास्थ्यकर्मीहरू हाँसिरहेको तस्बिर पोस्ट गर्दै धेरैले लेखेको देखियो, कर्णाली प्रदेशको मुगु जिल्लाको एक सिस्टरले ६ जना बच्चा जन्माइन् । धेरैले यही तस्बिरसहित यस्तै आशयको स्टाटस पोस्ट र शेयर गरिरहेको देखिन्छ।
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए, तीन जना पक्राउ
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए, तीन जना पक्राउ उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
एमालेलाई मीनबहादुरको जग्गादान विवाद पूर्ण सुनुवाइमा
एमालेलाई मीनबहादुरको जग्गादान विवाद पूर्ण सुनुवाइमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गा दिएको विषयमा परेको रिट सर्वोच्च अदालतको पूर्ण सुनुवाइमा प्रवेश गरेको छ। शुक्रबार अन्तरिम आदेशबारे निर्क्योल गर्न पेसी तोकिएको भए पनि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलामले दुवै तर्फको लिखित जवाफ परिसकेको भन्दै पूर्ण सुनुवाइ अघि बढाएको...
पेन्टागन कलेजमा अध्ययनरत छात्रा गौशालामा मृत फेला
पेन्टागन कलेजमा अध्ययनरत छात्रा गौशालामा मृत फेला उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए। शखरापुर नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ।
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार
एनआरएनएको एकता महाधिवेशनमा अवरोध नगर्न सर्वोच्चको पत्राचार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा अवरोध नगर्न भन्दै सर्वोच्च अदालतले पत्राचार गरेको छ । बालुवाटारस्थित सचिवालयलाई पत्र लेख्दै निर्वाचन सहितको महाधिवेशनका लागि सहयोग गर्नुपर्नेमा कार्यालय नै बन्द गरिएको भन्दै सर्वोच्चले त्यसको कारणसमेत माग गरेको छ। 
Weather Update