News Griha :: न्यूजगृह
आज देशभरको मौसम सफा रहने, कस्तो रहला भोलि र पर्सि ?

काठमाडौं— देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आइतबार (भोलि) र सोमबार (पर्सि) पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, सोमबार राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०८:०६
Weather Update