News Griha :: न्यूजगृह
सामाजिक सञ्जाल र अनलाइन मिडियालाई कडा नियमन गर्ने तयारीमा सरकार

काठमाडौं— सरकार अनलाइन मिडिया र सामाजिक सञ्जाललाई कडा नियमन गर्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘अनलाइन मिडिया र सामाजिक सञ्जालले असहयोग गरेपछि’ आफूहरू कडा नियमनको तयारीमा जुटेको बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले अहिलेको अवस्थामा अनलाइन मिडिया र सामाजिक सञ्जाल नियमन गर्न जरुरी देखिएको बताए ।

'हामीलाई प्रिन्ट मिडिया र टेलिभिजनले सहयोग गरेकै छन्,' उनले भने, 'अनलाइन मिडिया र सोसल मिडियाले सहयोग गरेनन् । लोकतान्त्रिक व्यवस्थालाई नरुचाउने र यसको विरुद्धमा लागेका छन् । यी गतिविधिलाई सरकारले कडा नियमन गर्छ ।'

उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमन ऐन ड्राफ्ट भइसकेको र संसद् खुल्न बित्तिकै पेस गर्ने मन्त्री गुरुङले बताए । आफूले यस ऐनलाई अध्यादेशबाट भए पनि ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १३:३४
Weather Update