News Griha :: न्यूजगृह
घट्यो काठमाडौंको न्यूनतम तापक्रम
घट्यो काठमाडौंको न्यूनतम तापक्रम काठमाडौंको न्यूनतम तापक्रम शनिबार चार डिग्री सेल्सियसभन्दा तल झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ५:४५ बजेको मापनअनुसार न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ।
कार्यालय समयमा अस्पतालमा नहुने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने
कार्यालय समयमा अस्पतालमा नहुने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई भनेका छन्।
बालेनले गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस
बालेनले गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस भएको छ। काठमाडौँ टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई कारबाही सिफारिस गरेको हो।
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
अस्ट्रेलियाले विद्यार्थी भिसाको लागि केही सहज बनाएको हो?
अस्ट्रेलियाले विद्यार्थी भिसाको लागि केही सहज बनाएको हो? अस्ट्रेलियन सरकारले विद्यार्थी भिसामा केही सहज हुने गरी अध्यादेश जारी गरेको छ। मिनिस्टेरियल डिरेक्सन (मन्त्रिस्तरीय निर्णय) १११ नाम दिइएको यो अध्यादेशले अब अस्ट्रेलियामा रहेका साना लगानीका कलेजहरूले समेत बाहिरबाट विद्यार्थी ल्याउने प्रक्रिया सहज हुनेछ।
जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता
जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता १९ जनामध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेलसमेत छन् । यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपल्ट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय मेडिकल कलेजको मालीले रुख काटिरहेका वेला आज बिहान करिब साढे १०बजेतिर प्रेसर कुक बम देखेका थिए । त्यसपछि स्थानीय प्रशासनलाई जानकारी गराइएको थियो ।
अदालतको आदेशपछि सर्वोच्च झिकाइए दुर्गा प्रसाईं, बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ जारी
अदालतको आदेशपछि सर्वोच्च झिकाइए दुर्गा प्रसाईं, बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ जारी प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई अदालतमा झिकाउन आदेश दिएको थियो । त्यसपछि शुक्रबार प्रसाईंलाई अदालतमा झिकाइएको हो ।
सर्वोच्च अदालतले मगायो बेचन झालाई थुनामा पठाउनुको कारण
सर्वोच्च अदालतले मगायो बेचन झालाई थुनामा पठाउनुको कारण धरौटीमा रिहा हुनुपर्नेमा आफूलाई थुनामा राख्नु गलत भएको भन्दै झाले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
डेडिकेटेड विवादमा मिश्र समितिलाई दस्तावेज उपलब्ध गराउने विद्युत प्राधिकरण बोर्डको निर्णय
डेडिकेटेड विवादमा मिश्र समितिलाई दस्तावेज उपलब्ध गराउने विद्युत प्राधिकरण बोर्डको निर्णय नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले अरबिन्द मिश्र संयोजकत्वको समितिलाई आवश्यक दस्तावेज उपलब्ध गराउने लगायत सहयोग गर्ने निर्णय गरेको छ ।
लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ, अहिले हेरिरहेको छु : कुलमान घिसिङ
लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ, अहिले हेरिरहेको छु : कुलमान घिसिङ अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र कालीगण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २/३ घण्टा उद्योग नचलाइदिनुस् भनेको बताए । तर, यही कारणले एक हप्तामै सिमेन्टको १०० रुपैयाँ बढाइएको भन्दै यो गलत भएको बताए । 
रविविरुद्ध मुद्दा दर्ता कहिले?
रविविरुद्ध मुद्दा दर्ता कहिले? जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
Weather Update