News Griha :: न्यूजगृह
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय

काठमाडौं— भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसरमा प्रेसर कुकर बम फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेका वेला आज बिहान करिब साढे १०बजेतिर प्रेसर कुक बम देखेका थिए । त्यसपछि स्थानीय प्रशासनलाई जानकारी गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार बम पुरानो र खिया लागेको अवस्थामा थियो । नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको कार्कीले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १६:०१
Weather Update