बालेनले गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस
-1734697182.jpg)
काठमाडौं— काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस भएको छ। काठमाडौँ टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई कारबाही सिफारिस गरेको हो।
महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएको बताएको छ।
यस विषयमा थप अनुसन्धान गरी कारबाही आवश्यक भएको भन्दै सम्बन्धित निकायमा सिफारिस गरेको हो।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १८:०५