चर्को घाममा काम गर्न बाध्य छन् मजदुरबिहीबार, जेठ ३१, २०८१
-1714189403.jpg)
२ आर्थिक वर्षमा कर्णालीमा १ सय १७ किलोमिटर सडक कालोपत्र बिहीबार, जेठ ३१, २०८१ कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र ११७ दशमलव १३ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ।
-1718272899.jpg)
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा राष्ट्रपति पौडेलले के भने? बिहीबार, जेठ ३१, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन्। स्वीजरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को बिहीबार उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
ताप्लेजुङमा बाढीले ४ ठाउँको पुल बगायो बिहीबार, जेठ ३१, २०८१ ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ। बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो।
-1718266469.jpg)
अरुण नदीमा पानीको बहाव बढेपछि ‘फेरी’ बन्द गरियो बिहीबार, जेठ ३१, २०८१ भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी आजदेखि बन्द भएको छ। मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो।
-1718263630.jpg)
लघुवित्त तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनको घोषणा बिहीबार, जेठ ३१, २०८१ लघुवित्त तथा वित्तिय शोषणविरुद्ध संघर्ष समिति नेपालले आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए असार १६ गते देशव्यापी मसाल जुलुससँगै आन्दोलनमा उत्रिने घोषणा गरेका छन्।

सङ्खुवासभामा पहिरोले तीन घर बगायो, एक जना घाइते बिहीबार, जेठ ३१, २०८१ सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।

अत्यधिक गर्मीले कक्षामै ढल्न थाले विद्यार्थी, वीरगञ्जका विद्यालय तीन दिन बन्द बिहीबार, जेठ ३१, २०८१ अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो। वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम...

काभ्रेमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु बिहीबार, जेठ ३१, २०८१ बुधबार साँझ बिर्तादेउराली स्वास्थ्य चौकी नजिकै मध्यपहाडी लोकमार्गमा बाप्र ०२ –०३० प ३२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

यी तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा बिहीबार, जेठ ३१, २०८१ मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

पाल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते बिहीबार, जेठ ३१, २०८१ पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्कदै गरेको जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २ जना घाइते छन्।

दशगजामा फेला परेका २ शवको पहिचान बुधबार, जेठ ३०, २०८१ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार बरामद शफ बाराको कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र बाराकै आदर्शकोतवाल गाउँपालिका–७ घर भई कलैया उमनपा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको हो। दुवै शवको नारायणी अस्पतालमा परीक्षण गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए।

श्रमाधान रोजगार मेलाः जागिर खोज्ने र दिनेको भीड बुधबार, जेठ ३०, २०८१ ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ। रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेला आयोजना गरेको हो। मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकी थिइन्।








