News Griha :: न्यूजगृह
काभ्रेमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

काभ्रे — काभ्रेको चौँरीदेउराली गाउँपालिका वडा नम्बर–८ स्थित बिर्तादेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।  

बुधबार साँझ बिर्तादेउराली स्वास्थ्य चौकी नजिकै मध्यपहाडी लोकमार्गमा बाप्र ०२ –०३० प ३२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।  

मृत्यु हुनेमा रोशी गाउँपालिका वडा नं ९ का २५ वर्षीय कुमार लामा छन्।

उनलाई धुलिखेल अस्पतालले बुधबार राति १० बजे मृत घोषणा गरेको श्रेष्ठले बताए। दुर्घटनामा मोटरसाइकलमा सवार तेमाल गाउँपालिका वडा नम्बर–५ का ४० वर्षीय सरोज लामा सामान्य घाइते छन्।  

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:००
Weather Update