प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर १० दिनभित्र उजुरी दिन सकिनेशुक्रबार, असोज ४, २०८१

पहिलो दिन नै १२ सय जना धरहरा चढे, आइतबारसम्मका लागि टिकट बुक बिहीबार, असोज ३, २०८१ सर्वसाधारणका लागि खुला गरिएपछि आज पहिलो दिन धरहरा चढ्नेहरूको भीड लागेको छ। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको बताए।

संसद् भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ बिहीबार, असोज ३, २०८१ बिहीबार दिउँसो संसद् भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

दरबारमार्गमा हुने कन्सर्टमा ५ हजार सुरक्षाकर्मी परिचालित बिहीबार, असोज ३, २०८१ आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

धरहरा चढ्न सुन्धारामा सर्वसाधारण बिहीबार, असोज ३, २०८१ सरकारले आज संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको थियो।

ट्रकले ठक्कर दिँदा म्हैपीमा मोटरसाइकल चालकको मृत्यु बिहीबार, असोज ३, २०८१ बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो। सो क्रममा मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काको मृत्यु भएको हो।
![साढे १२ सय कर्मचारीको सरुवा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/samanya mantralaya1682692243.jpg)
साढे १२ सय कर्मचारीको सरुवा [सूचीसहित] बिहीबार, असोज ३, २०८१ निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ। निजामती सेवा नियमावली, २०५० ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ। त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ।

१२ सीडीओसहित ३६ उपसचिवको सरुवा, को कहाँ? बिहीबार, असोज ३, २०८१ गृह मन्त्रालयले मातहतका ३६ उपसचिवको सरुवा गरेको छ। बुधबारको निर्णयअनुसार गृहमन्त्रालय तथा अन्तर्गतका कर्मचारीहरूको सरुवा भएको हो।

दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते बिहीबार, असोज ३, २०८१ बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।बुधबार अपरान्ह साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२ ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

कस्तो छ आजको मौसम? बिहीबार, असोज ३, २०८१ देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी बुधबार, असोज २, २०८१ विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको अनुरूप जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

सङ्खुवासभामा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु बुधबार, असोज २, २०८१ मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो बुधबार, असोज २, २०८१ वाराणसीका लागि सुरुआती एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ रहेको छ। काठमाडंबाट बिहान ७:१५ बजे तथा वाराणसीबाट ८:३० बजे उडान समय तोकिएको छ। बुद्ध एअरसँग हाल एटीआर–४२ दुई र एटीआर–७२ १६ वटा गरी कुल १८ विमान छन् ।