News Griha :: न्यूजगृह
नवलपुर जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या
नवलपुर जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल १५ शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या भएको छ । २०७५ सालमा सामुदायिक रूपमा सञ्चालित अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ शय्याको जिल्ला अस्पताल कायम गरेको थियो ।
दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि
दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। अग्रिम टिकट खुलाउनुअघि यातायात व्यवस्था विभागसँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ।
सोह्र श्राद्धको बेला मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
सोह्र श्राद्धको बेला मुक्तिनाथमा दर्शनार्थीको घुइँचो प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्।
मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाइँ फरार
मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाइँ फरार मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन्। पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो।
वडा सदस्यसहित पाँच जना पक्राउ
वडा सदस्यसहित पाँच जना पक्राउ वालिङ नगरपालिका–१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ वर्षीय मनोज सहानी, ४२ वर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ।
राज्यविरुद्धको कसुरमा ६० वर्षीय भुसालमाथि अनुसन्धान सुरु
राज्यविरुद्धको कसुरमा ६० वर्षीय भुसालमाथि अनुसन्धान सुरु नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट असोज ३ गते पक्राउ परेका पर्वत, पैयूँ गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ।
चट्याङ लागेर एकको मृत्यु
चट्याङ लागेर एकको मृत्यु उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए। लगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमान्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ।
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ। 
साउदीमा ४० नेपाली कामदार अलपत्र
साउदीमा ४० नेपाली कामदार अलपत्र नेपालबाट सगरमाथा म्यानपावर, यात्रा एचआर, ओम ओभरसिजबाट साउदी लगिएका नेपाली श्रमिकहरू अलपत्र परेका हुन्। यो समूहमा दुई महिनादेखि दुई वर्षसम्म साउदी पुगेकाहरू छन्। ती नेपालीलाई कम्पनीले काम दिएको छैन। खाना पनि दिइएको छैन।
दसैँको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे
दसैँको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए।
३९ सहकारीमा बचतकर्ताको साढे ७६ अर्ब फस्यो, कुनमा कति?
३९ सहकारीमा बचतकर्ताको साढे ७६ अर्ब फस्यो, कुनमा कति? सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले ३९ सहकारीमा सर्वसाधारणको रकम बचत तथा निक्षेप भएको उल्लेख गरेको छ। यो रकममा शेयर पूँजी तथा ब्याजको रकम जोडिएको छैन। शेयर पूँजी र ब्याज जोड्दा अझै बढी हुन्छ।
Weather Update