मेलम्ची खानेपानी आयोजनाका तत्कालीन अध्यक्ष ठाकुरलाई ८ वर्ष कैदसोमबार, असोज ७, २०८१

सर्वोच्चले पत्रकार महासंघलाई सोध्यो- निर्वाचन समयमा किन हुन सकेन ? सोमबार, असोज ७, २०८१ धुव्रप्रसाद चौलागाइँले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो।

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति सोमबार, असोज ७, २०८१ सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो।

ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेसन हिस्ट्री सोमबार, असोज ७, २०८१ अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री र लोकेसन हिस्ट्री प्रहरीले मागेको छ।

काठमाडौंको गहना पोखरीमा डुबेर बालिकाको मृत्यु सोमबार, असोज ७, २०८१ टोखा नगरपालिका–२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा घर भई सोही नगरपालिका–८ बस्ने ४ वर्षीया गुराँस सहनीको मृत्यु भएको हो।

अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालयमा बिदा सोमबार, असोज ७, २०८१ पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ। जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि ६ दिन विद्यालय बिदा दिने सूचना गरेको हो।

पर्सामा अत्यधिक गर्मीले ८ छात्रा बेहोस सोमबार, असोज ७, २०८१ पर्साको पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चांगल रामदेव कलवार नमुना प्राविधिक विद्यालयका ८ जना विद्यार्थी अत्यधिक गर्मीले बेहोस भएका छन्।सोमबार अत्यधिक गर्मीका कारण छात्राहरु कक्षा कोठामा बेहोस भएको शिक्षक अनिल गिरीले बताए। कक्षा ७ र कक्षा ९ का छात्राहरु बेहोस भएका थिए।

हिरासत छल्न दुर्गा प्रसाईं अस्पताल भर्ना सोमबार, असोज ७, २०८१ प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्।उनी आइतबार रातिनै वीर अस्पताल भर्ना भएका हुन्।

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन सोमबार, असोज ७, २०८१ निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। साइबर अपराधको आरोपमा प्रसाईँ आइतबार पक्राउ परेका हुन्।

हिरासत फोडेर भागेका ३ थुनुवा पक्राउ सोमबार, असोज ७, २०८१ जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन्। आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए। जसमध्ये सत्यम् झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो।

सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो सोमबार, असोज ७, २०८१ सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

जुवा खेलिरहेका ७ जना काठमाडौंबाट पक्राउ, पक्राउ पर्नेमा नेपाल, भारत र चीनका नागरिक सोमबार, असोज ७, २०८१ काठमाडौंमा जुवा खेलिरहेको ठाउँबाट १२ लाख रुपैयाँ नगदसहित ७ जना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध तीनचुलीमा जुवा खेलाउने मुख्य चिनियाँ नागरिकसहित ७ जना पक्राउ परेका हुन्।

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा सोमबार, असोज ७, २०८१ दूतावासका अनुसार उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएका हुन्। उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलङ्का दूतावासले गरिरहेको छ।