News Griha :: न्यूजगृह
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रुपैयाँ रहेको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा छ लाख ९१ हजार र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ भेटी सङ्कलन भएको हो।
छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै
छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै आइतबार अपरान्ह काठमाडौंको बानेश्वरबाट पक्राउ गरी जोशीलाई राति नै पोखरा लगिएको थियो। जोशीलाई सोमबार म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
धनुषामा हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ
धनुषामा हिरासतबाट ९ जना थुनुवा फरार, एक पक्राउ जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। आइतबार राति भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ।
सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो
सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ।
पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति
पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो।
छविपछि रवि पनि पक्राउ पर्दैछन्?, के भन्छ प्रहरी?
छविपछि रवि पनि पक्राउ पर्दैछन्?, के भन्छ प्रहरी? सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ।संसदीय छानबिन समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो।
दुर्गा प्रसाईँलाई ३* दिन थुनामा राख्न अदालतले दियो अनुमति 
दुर्गा प्रसाईँलाई ३* दिन थुनामा राख्न अदालतले दियो अनुमति  साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीनदिनको म्याद दिएको छ।
पक्राउ परे दुर्गा प्रसाईं, के हो आरोप?
पक्राउ परे दुर्गा प्रसाईं, के हो आरोप? मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ।काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आइतबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो।
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ
सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेका छन्।   
बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प
बैतडीको शिवलिङ्ग केन्द्रबिन्दु भएर भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।
अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन
अवकाश प्राप्त एआईजी ज्ञवालीसहित ५ अधिकृतहरूले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए। सो रिटमा न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो।
सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय
सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो। त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो।
Weather Update