News Griha :: न्यूजगृह
सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय
फाइल तस्बिर।

काठमाडौं— महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ।

मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो। त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो।

अब क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ। पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दीपलाई झिकाउनु भनी म्याद जारी गर्छ। र सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरूप हुन्छ।

उच्च अदालत पाटनले सन्दीपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १३:३४
Weather Update